अस्ताइन् सीता दाहाल
shares

बिके पासा । मृत्यु कतिबेला हुन्छ यो कुरा जान्न कसैले सक्दैन, चिकित्सकले रोगको अवस्था र प्रकार बुझेर केही महिना र वर्षको अवधि तोक्न सक्ला । तर यही दिन र यही घडीमा तिम्रो मृत्यु हुनेछ भनेर भन्न सक्दैनन् । प्रचण्ड पत्नी सीता दाहालको वीरता, साहस र सौम्यको कथाबारे वर्तमान प्रधानमन्त्री ‘प्रचण्डकी अर्धांङ्गीनी सीता दाहाल’ नामक पुस्तकमा लेखिका शारदा शर्माले लिपिवद्ध गरेकी छन्। । पश्चिम नेपालका कास्कीको लेवाडेका प्रचण्ड र हेम्जाकी सीताको भेट चितवन भेट भएपछिको झण्डै ५० वर्ष यो जोडी कहिल्यै अलग भएन । तर गत दुई वर्षदेखि सीता दाहाल अर्धचेतन अवस्थामा प्रचण्डको बेडसँगै भएर पनि बोल्न सक्दिन थिइन् । तर पनि प्रचण्डले मेरो श्रीमति मसँगै छिन् भन्ने गहिरो विश्वास र भरोसामा अडेको थियो । त्यो भरोसाको दियो आज निभेको छ, कहिल्यै पनि नबल्ने गरी, कहिल्यै नउदाउने गरी ।
जतिबेला प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका थिए, त्यसको भोलिपल्टको माहोलको कुरा गर्नुपर्दा खुमलटारमा खुशीको दृश्य त थियो नै तर त्यहाँको वातावरणले आधा घण्टाजति विताउन साँच्चिकै मुश्किल भएको थियो । ताकि सीतालाई आफ्नो श्रीमान तेस्रोपटक प्रधानमन्त्री भएको छ भन्ने समेत थाहा थिएन भनेर शारदा शर्माले व्यक्त गर्छिन् ।
सीताको जीवन विवाहपछि पारिवारिक झमेलाले घेरिएको थियो भने ३८ वर्षको उमेरमा पार्टी प्रमुखका हैसियतले प्रचण्डले जनयुद्धको घोषणा गरेपछिको दश वर्ष सँधैंभरी मुत्यको बादल मडारिइरहेर बित्यो । शान्ति प्रक्रियापछिको झण्डै आठ वर्षमा पनि सीतालाई अनेकानेक पारिवारिक झमेलाले घेरे । कुनै बेला पार्टीभित्र प्रचण्ड र बाबुराम बीचको विवादमा मध्यस्थता गर्न सक्ने महिला सीताले उनकै परिवारमा आउको विपतिलाई भने छिचोल्न असफल रहनु पर्यो ।
सीता दाहालसँग यस्ता अनेकन दुख र वेदना तथा साहसका कथा थिए । आफ्ना पति (प्रचण्ड)लाई उनकै साथीहरूले मार्ग परिवर्तन गरेर अर्कै मोडमा लान खोज्दा सीताले पति प्रचण्डलाई बडो संयमतापूर्वक सम्झाउने गर्थिन् । साथै उनका साथीहरूमध्ये बाबुराम भट्टराईलाई कहिलेकाहीँ अलि नमीठो पाराले घोचाइ भाव पनि व्यक्त गर्थिन् देशमा सच्चा नेता आवश्यक परेको बेला एकआपसमा मनमुटाव गरे भने सबैले साथ छाड्नेछन् र क्रान्ति विफल हुनेछ भनेर सम्झाउने गर्थिन् ।
वाम गठबन्धन भएर निर्वाचन चलिरहेका बेला सीताले खुट्टो टेक्न नसक्ने अवस्थामा पुगेकी थिइन्, प्रचण्डलाई त्यतिबेला धेरै धर्मसंकट आइपरेको थियो । यता चुनावमा आपूm उपस्थित नभइनहुने उता धर्मपत्नी जीवन र मृत्युको दोसाँधमा यति हुँदाहुँदै लगत्तै चुनावकै बीचमा भारतमा लगेर परीक्षण गरेर ल्याइएको थियो ।
पति प्रचण्डको देश दौडाहा कार्यक्रममा साथसाथै लागेर आम जनमानसको गुनासा र पीडा बुझेर सारा नेपाली जनमानसमा आफ्नो देश सुधार्ने संकल्प सुनाउने इच्छा सीतामा थियो तर दीर्घरोगी भएको कारणले पतिको हात समाएर साथ दिने मनोकाँक्षालाई कोठाको पलङमै बाँधिरहेकी थिइन् सीता दाहाल ।
आपूm बिमारी भएर इन्तु न चिन्तु अवस्थामा रहेर पनि पतिको कदमलाई डगमगाउन नदिइकन जहाँ जान जरुरी छ त्यहाँ जान आँखाले नै स्वीकृति दिएर साहस थपिरहेकै बेलामा अकल्पनीय रूपमा प्रकाशले देह त्याग गरे । त्यतिबेला प्रचड देशभर घुम्न नसकेर चितवनमा रोकिएका थिए । यो आकस्मिक गम्भीर घटनाले सीतामाथि वज्रपात त भयो नै प्रचण्डलाई समेत भारी संकट आइपर्यो । तर पनि प्रचण्डमा साहसको अथाहा भारीले उनलाई अगाडि बढायो । छोरा प्रकाशको निधनले सीतालाई कहिल्यै उठ्न नसक्ने विषादमा पुर्याईदियो । प्रचण्डले शायदै त्यो तहको नेतामध्ये कमैले गर्नसक्ने पतिको भूमिका निभाउँदै उपचारमा कुनै कसर बाँकी राखेनन् । यतिसम्म कि खुमलटारमा हुँदा त अधिकांश अनैपाचारिक भेटघाट पत्नीकै बेड छेउमा गर्न थालेका थिए । जसले गर्दा बढी भन्दा बढी समय जीवनसाथीसँग बस्न पाइयोस् भन्ने ध्येय रहेको प्रष्टै थियो प्रचण्डमा ।
देशका प्राय सवै भागमा र भारतको धेरै जसो शहरका गल्ली छिचोलेकी सीता दाहालमा कहिल्यै पनि सत्ताको सुखको मात चढेको देखिएन । साक्षर मात्र रहेकी सीतामा विचित्र खालको समझदारी र सामाजिक सद्भाव थियो । त्यो अभावमा तेसो पटक प्रधानमन्त्री रहेका पति प्रचण्डले जीवनसाथीको आत्माको शान्तिप्रति पनि अन्तिम पलसम्म जनताको पक्षमा उभिनु बाहेक अरू कुनै विकल्प पनि छैन ।
युद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्ष पुग्दा नपुग्दै प्रचण्डले आफ्ना बुबासहित परिवारका चार सदस्य गुमाउनु पर्ने दुःख भन्न वा लेख्न सायद जो कोहीलाई कठिन त होला नै । प्रचण्डले राज्यबाट कति लखेटिनुपर्यो, कति रात गुफा ओढार, जङ्गल र सुरुङमा बिताउनु पर्यो, यतिमात्र नभएर विपक्षी पार्टीको दाउपेच पनि कति खेप्नुपर्यो यस्तो अवस्थामा पनि भगवान रामचन्द्रकी सीताले भने भैmँ ‘जहाँ राम, त्यहीँ अयोध्या’ भने जस्तै गरी आफ्नो शरीरका अङ्ग सक्रिय रहुन्जेल कहिल्यै साथ छोडेकी थिइन सीताले ।
आफ्नी पत्नीको त्याग, साहस र धैर्यताकै कारण जस्तोसुकै अवस्था आईपरे तापनि प्रचण्डले पत्नीको उपचारका लागि देश विदेशका जानेसम्मका डाक्टरहरूको सल्ला अनुसार उपचारका लागि लानेल्याउनेमा कुनै कसर बाँकी राखेनन् । तर विधिको विडम्बना ‘हुने हार, दैव नटार’ भने भैmँ प्रचण्ड पत्नी सीता दाहालको निधन ६९ वर्षको उमेरमा २०८० असार २७ गते बुधबार नर्भिक अस्पतालमा भयो । अस्पतालका अनुसार बिहान ८ बजे आकस्मिक रूपमा ल्याइँदा लगभग सीताको अन्तिम सास बाँकी थियो । ६ वर्षअघि अर्थात् २०७४ मंसिर ३ गते सीता दाहालका एकमात्र छोरा प्रकाश दाहालको पनि त्यहीं निधन भएको घोषणा गरिएको थियो । हरेक आमाको लागि पुत्र प्रेम कस्तो हुन्छ र पतिसँगको जीवन कस्तो हुन्छ भन्ने बुझ्न सकिने एक उदाहरणीय पात्र समेत थिइन् प्रचण्ड पत्नी सीता दाहाल । छोराको खुसीका लागि सीताले जे पनि सहन र जस्तोसुकै संघर्षगर्न तयार हुने गर्थिन् । पुत्र वियोगपछि कहिल्यै खुल्ला संसारमा आउन नसकेकी सीताले झण्डै दुई वर्षको अचेत अवस्था झेलेर यो संसारबाट विदा भइन् ।
वि.सं.२०८० असार २७ बुधवार २३:३६