back

नेवा: देय् दबूको भवन निर्माणको शिलान्यास सम्पन्न

732
shares
sivam siment- long add

बिके पासा , काठमाडौँ । नेवारहरूको राष्ट्रिय संगठन नेवा: देय् दबूको केन्द्रीय कार्यालय भवन निर्माणको शिलान्यास सम्पन्न भएको छ ।काठमाडौं महानगरपालिका वडा नं. १५ चमती स्थित बन्न लागेको नेवा: देय् दबूको भवन बौद्धधर्म गुरु नरेश वज्राचार्य र अध्यक्ष पबित्र बज्राचार्यले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

शिलान्यास समारोहमा काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डंगोलको विशेष उपस्थिति रहेको थियो भने साथमा नेवाः देय् दबूका संरक्षक मल्ल के सुन्दर, जनकवि दुर्गालाल श्रेष्ठ, नेपाली काँग्रेसका नेता प्रकाशमान सिं, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, पूर्व उपमेयर हरिप्रभा खड्गी लगायत नेवा: समुदायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आजको समारोहमा नेवाः देय् दबूका केन्द्रीय पदाधिकारी, स्वनिग प्रदेशका पदाधिकारी उपस्थित थिए । त्यसैगरी वागमती प्रदेश समिति, काठमाडौं जिल्ला समिति, काठमाडौं महानगरपालिका समिति, वडापालिका समिति, दोलखा–स्वनिग काठमाडौं समिति, दोलखा जिल्ला शाखा समिति, सिन्धुपाल्चोक जिल्ला शाखा समिति, रामेछाप समितिबाट समेत अधिकांश सदस्यहरूको उपस्थिति रहेको थियो।

आजको शिलान्यास कार्यक्रममा आमन्त्रित नेवा: समुदायका व्यापारी, उद्योगपति र विशिष्ट व्यक्तिहरूबाट दिल खोलेर आर्थिक सहयोग गरेका थिए । यसैक्रममा आजै नगद हस्तान्तरण र सहयोग गर्नेहरुको तर्फबाट अनुमानित ९ लाख रूपैयाँ जम्मा भएको छ। यसै सिलसिलामा पहिले नै सहयोग गरिसकेका सहयोगी महानुभावहरू र आज तत्काल सहयोग गर्ने चन्दादाताहरूलाई खादा ओढाएर धन्यवाद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

३ आना ३ पैसा १ दाम जग्गामा बन्नलागेको उक्त नेवाःछेँ भवन साँढे तीनतलाको हुनेछ भने सो भवन निर्माणको लागि काठमाडौं महानगरपालिकाले ८५ प्रतिशत आर्थिक सहयोग गरिने कुरा नेवा: देय् दबूले जानकारी गराएको छ ।

विगत केही वर्ष पहिले देखि सो संस्थाको भवन निर्माण गर्न पहल गरिएको भए पनि विविध कारणले अगाडि बढ्न सकिरहेको थिएन । यसैवर्ष भएको पहिलो अधिवेशन देखि तारतम्य मिलाउँदै आउँदा आजको समय जुरेको हो भन्दै केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यले यो ८० सालभित्रै भवन तैयार गरेर कार्यालय सञ्चालन गर्ने लक्ष रहेको बताउँदै सहयोगी दाताहरू सम्पूर्णमा आभार व्यक्त गर्दै आज उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...