काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ
shares

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत वडा अध्यक्षले उद्घाटन गरेको २ हप्ता मै बाटो भ्वाङ परी पुन बाटो अबरुद्द भएको छ । सर्वाधिक चासो, वहुप्रतिक्षित र लाईफ लाईन भनि प्रचार प्रसार गरिएको कान्ती मार्गको बाटो खोलिएको २ हप्ता पनि नपुग्दै भत्किएको हो। उक्त बाटो कान्ति मार्ग अन्तर्गत पर्दछ।
उक्त मार्गको बाटो लामो समयसम्म नबनेपछि काठमाडौँ क्षेत्र न. ५ का निर्वाचित जनप्रतिनिधि प्रदिप पौडेल र स्थानियहरुको दवाब पछि करिब ४ महिनामा तयार भई सुचारु गरिएको काठमाडौँ महानगर पालिकावडा नं ३ ले सर्वाधिक चासो, वहुप्रतिक्षित र लाईफ लाईन भनि प्रचार प्रसार गरिएको कान्ती मार्गको बाटो खोलिएको २ हप्ता पनि नपुग्दै भत्कीन गई पुन मर्मत गरिएको छ । जस्ले गर्दा बाटो पुन एकतर्फी मात्र सुचारु गरिएको छ ।
जुन बाटो करिब ३० वर्ष पहिलै खोलिएको थियो । तर असार २४ गते उद्घाटन भनेर प्रचार प्रसार गरिएकोमा सबै तिरबाट दबाब आएपछी उद्घाटन कार्य रोकी गत श्रावन ३ गते बुधवार सुचारु गरिएको थियो ।
यसरी स्थानीयहरुलाई जानकारी बिना नै भत्काएको उक्त बाटो मर्मत मात्र गर्ने भनि स्थानिय संगम क्लवले वडा कार्यलयमा निवेदन पेश गरेको थियो । तर उक्त बाटोलाई करिब ४ महिना लगाई नयाँ ढलान गरियो तर उक्त बाटो पहिला गरिएको जस्तो गुणस्तरको समेत नभएको पाईयो । जुन कुरा बाटो हेरेर पनि थाहा पाउन सकिन्छ भन्दै एक स्थानीय समाजसेवीले समय सान्दर्भिक मिडियालाई जानकारी गराएका थिए।
सामान्य मर्मत गरेर हुने बाटोलाई ढलानगरि अतिरीक्त आम्दानी गर्नमा लागी परेका जनप्रतिनिधीहरुलाई खबरदारी गरौ । तपाई हामी सबैले तिरेको करको पैसा सहि ठाउमा उपयोग गर्न दवाव दिऔ भन्दै एक स्थानीयले समय सान्दर्भिक मिडियालाई स्थानीय तहको लुटको बारेमा जानकारी गराएका हुन्।
वि.सं.२०८० साउन २५ बिहीवार १०:१८