कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान
shares

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका हुन् । उक्त सुन, सुनको छाना र गजुरका लागि चर्चित गायक तथा समाजसेवी अमात्यले दान गरेका हुन् ।
गायक तथा समाजसेवी अमात्यले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेको मन्दिरका पुजारी सङ्घका अध्यक्ष आशाकाजी तुलाधरले जानकारी गराएका छन् । अमात्यले दिएको सहयोगबाट मन्दिरको छाना र गजुरमा सुनको जलप गरिएको छ’ उनले भने । अमात्यले सिधै सुन भन्दा पनि १ सय ८ तोला सुन बराबरको रकम सहयोग गरेका हुन् ।
छान र गजुरका लागि काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रुपैयाँ बराबर रहेको छ । कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको थियो । उक्त आह्वान थाहा पाएपछि योगेश्वरले सहयोग गर्नु भएको अध्यक्ष तुलाधरको बताएका हुन् ।
छाना र गजुरका लागि अमात्यको सहयोगमा नेपाल राष्ट्र बैंकको टक्सारबाट सुन झिकाएर पुजारी सङ्घका पदाधिकारी, वडा कार्यालयका प्रतिनिधि, प्रहरी प्रशासन राखेर काम गरिएको छ । जुन अहिले मन्दिरमा राखी सकिएको छ । पुजारी सङ्घका अध्यक्ष तुलाधरका अनुसार मन्दिरका लागि अन्य भक्तजनले पनि सुन दान गरेका छन् । जसले गर्दा केही सुन बचेको छ । उक्त सुन मन्दिरको कोषमा राखिएको तुलाधरले बताए ।
गायक तथा समाजसेवी योगेश्वर अमात्यले उक्त सुन सहयोग आफू र आफ्नो श्रीमतीको तर्फबाट भएको जानकारी गराएका हुन् ।
‘जब सन्ध्या हुन्छ’ गीत मार्फत चर्चित भएका गायक योगेश्वर अमात्यका क्या बोर भयो, लैजा चरी, लोग्ने मान्छे भएर, दसैँ नै हो कि यो मेरो दशा गीतहरू चर्चित छन् ।
वि.सं.२०८० साउन २५ बिहीवार १०:३८