उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग
shares

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई २० हजार आर्थिक सहयोग उपलब्ध गरेको छ। सामाजिक अभियन्ता दामोदर जोशीको बिशेष पहलमा पाटनर सिप फर चाइल्ड हेल्थ नेपालले उक्त रकम सहयोग गरेको हो।
बिगत लामो समय देखि ब्लड क्यान्सर जस्तो जटिल रोगसंग लडिरहेकी युबिका जोशीको परिवारलाई सहयोग गरेको केहि रकमले पनि उनको उपचार गर्न केहि सहज भएको परिवारका एक सदस्यले हामीलाई अवगत गराउनु भयो। दोलखा भीमेश्वर २ निवासी योगेन्द्रमणि जोशीको आर्थिक अवस्था कमजोर भएकाले सबै सहयोगी महानुभावहरुले आर्थिक सहयोग गरि युबिका जोशीको जीवन रक्षा गर्न समय सान्दर्भिक मिडियाको तर्फबाट सम्पूर्ण समाजसेवी तथा सहयोगी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ।
समय सान्दर्भिक मिडियाको तर्फबाट युबिका जोशीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक अभियन्ता दामोदर जोशीलाई पनि हाम्रो अनुरोध स्वीकारेर सहयोग रकम उपलब्ध गर्न महत्वपूर्ण सहयोगी भूमिका कुसलातापुर्वक निर्वाह गरिदिनु भएकोमा हार्दिक धन्यवाद दिदै। समाजप्रतिको लगाव अझ बढ्दै जावोस्, शुभकामना।
वि.सं.२०८० साउन ३१ बुधवार २२:४०