back

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

10.7K
shares
sivam siment- long add

समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो जीवनमा भोगेका केहि तिता मीठा अनुभवहरु समय सान्दर्भिक मिडिया माझ शेयर गर्नु भएको छ । जसको सम्पादीत अंश प्रस्तुत गर्दछौ । बिगत लामो समयदेखि काठमाडौँमा ब्यापार व्यवसाय गर्दै आएकी बिन्दु श्रेष्ठले सानो उमेरमै बिबाह गरेर २० बर्षमै पहिलो सन्तानलाई जन्म दिइन् । पहिलो सन्तानको आगमनसँगै उनमा थप जिम्मेवारी पनि बढेको महसुस गरिन् । एक सन्तानको सुखानुभुति अर्काे जिम्मेवार यी दुई कुराले मनमा खेलि रहदाँ आफ्नो जीवनको सबैभन्दा नजिकको साथि भनौ या आमा आमालाई आफ्नो कौतुहल्ता बेलिबिस्तार गरेपछि आमाबाटै सहि सल्लाह सुझाव पाएपछि एक सानो बालकलाई च्याप्दै परिवारसँग काठमाडौँ प्रस्थान गरिन् ।

आमाको आर्शीवाद लिएर काठमाडौँ आएकी श्रेष्ठले एक कोठा र एक सटर भाडामा लिएर आफ्नो काठमाडौँको व्यवसायिक यात्राको श्री गणेश गरिन् । तर उनको पहिलो किराना पसलको व्यापारले खासै सफलता पाउन नसकेपछि हार मान्दै आफैनै घर तिर नै पो फर्कनु पर्ने होकी भनेर पनि चिन्तित थिइन् । तर उनी मिजासिलो र अरुसँग निर्धक्क बोल्न सक्ने बानी ब्यहोरा भएका महिला भएर पनि होला एक नजिकै बस्ने छिमेकी दीदिले नानी तिमी बोल्न सक्ने हक्की छौँ । तिमी सहकारीमा मार्केटिङको काम गछौँ भनेर सल्लाह दिएका थिए । उक्त सल्लाह नै उनको जीवनको महत्वपूर्ण टनिङ प्वाइन्ट भइदियो । जसका कारण अहिलेसम्म पछि फर्केर हेर्नु परेको छैन । त्यसपछि त उनको जीवनमा सफलता नै सफलताको लहरो नै पछि लागे । जस्ले उनलाई जीवनका एक सफल व्यवसायी र समाजसेवी नारीको दर्जा दिन सक्यो ।

आफनो साहस मेहनत, लगनशील र सहकारीमा धेरै भन्दा धेरै सदस्यहरुको संख्या बढाएर सहकारीबाट पनि राम्रै प्रशंसा बटुलेकी श्रेष्ठले आफनो ब्यवसायिक यात्रामा निकै ब्यस्त भएपछि आफ्नो आमासँग सल्लाह गरेर आफ्नै बहिनीलाई शिक्षा पनि दिने गरि आफ्नो सानो छोराको रेखदेख गर्न काठमाडौँ जिकाइन् । आफ्नै बहिनीको रेखदेखमा छोरा भए पछि उनलाई धेरै नै ढुक्क र चेनको सास फेर्ने समय पनि मिल्यौ ।

त्यसपछि उनले दिनरात नभनी आफ्नो ब्यवसायमा लगनका साथ मेहनत गर्न थाले । त्यसपछि उनको व्यवसायीक यात्राले दिन दुगुणा र रात चौगुणाले सफलता हासिल गर्दै गयो । आफनो व्यवसायको नाफाबाट पृथ्वी राजमार्ग अन्तरगर्त लम्जुङ काठमाडौँंमा सेवा र केहि मेवा पाउने आशाले एउटा माइक्रोबस किनिन् र तीन बर्षमै र।म्रो आम्दानी गरी नाफामा बेच्न सफल भइन् । अझ व्यवसायीक जिवन सफलता तर्फ मोडिए पछि उनले केहि जमिन जोडिन् त्यो पनि नाफा मै बेचिन् । ३२ बर्षमै काठमाडौँमा उनले एक आलिसान महल र आफनो रोजाइको गाडि पनि जोड्न सफल भइन् । जस्को श्रेय उनले आफ्नी आमा र सहकारीमा काम लगाइदिने दीदिलाई भने दिन बिर्सेनन् ।

अझै धेरै राम्रो काम र व्यवसाय गरेर सफल व्यवसाय र सफल उद्यमी बनेर राष्ट्र र जनताको सेवा गर्ने हुटहुटी भएको पनि उल्लेख गरीन् । समाजिक प्राणी भएपछि समाजमा परेका दुख सुखमा पनि साथ सहयोग गर्दै समाजसेवामा आफूलाई अगाडि लाने सोच भएको पनि बताइन् । हाम्रो मिडिया समय सान्दर्भिकको तर्फबाट पनि सफल व्यवसायी बिन्दू श्रेष्ठको अझ प्रगतिको कामना सँगै शुभकामना ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा

वि.सं.२०८० साउन ७ आइतवार २३:४०

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...