back

अभयपुर युवा क्लव दोलखाको सामजिक कार्यमा महत्वपूर्ण योगदान

1.64K
shares
sivam siment- long add
kumari-bank

दोलखा संवाददाता । दोलखा बजारको प्रवेश द्धारलाई आकर्षक बनाउन दोलखामा केही युवाहरु सक्रिय रुपमा लागि परेका छन् । दोलखा बजारको बसपार्क लगायत अन्य क्षेत्रको ब्यवस्थापन र सुन्दरतामा दिलो ज्यान लगाएर अभयपुर युवा क्लवका युवाहरु खटेका छन् ।

ncell long ad

उक्त क्लवको अगुवाईमा दोलखा बजारको प्रस्थान बिन्दु पाखलति बसपार्कलाई आकर्षक र सुन्दर बनाउनका लागि भीम माध्यमिक बिद्यालयको मुल गेट नजिकै रहेको सार्वजनि शौचालयको मर्मत सम्भार गरि सफा र प्रयोगका लागि अनुकूल बनाइ दिएका छन् । साथै नगरपालिकाको स्वामित्वमा रहेको भवनको अगाडि मुल सडकको आकर्षणलाई थप सुन्दतामा टेवा पुग्ने गरि बिश्राम स्थल र टेवुलटेनिस बोर्डको समेत निर्माण गरि आफनो जन्मभुमि प्रति उच्च माया र बिकासको रङ भरिदिएका छन् ।

भीम माध्यमिक बिद्यालयको मुल गेटमा बिद्यार्थीलाई आवत जावत गर्न सजिलो होस् भनेर जेव्राक्रसिङ लाईन समेत बनाइ दिएका छन् । जुन कार्य सडक बिभागले बनाउनु प¥थ्र्यो । साथै भीम माध्यमिक बिद्यालयको परिसर देखि गौरीशंकर हस्पिटलसम्मको ब्यस्त सडकमा रङ रोगनका साथै सकडको बिच भागमा डिभाइडर राखेर सडक ब्यवस्थापनमा समेत महत्वपूर्ण योगदान दिएका छन् ।

युवाहरुको बिकास तथा दोलखा प्रतिको माया र सद्भाव देखेर दोलखा बजार र दोलखा बजार भन्दा अन्यत्र काठमाडौँ तथा देश बाहिर रहनु भएका दोलखालीलाई पनि सहयोगको भावना उजागर गर्ने प्रेरणा मिलेको छ । जस्का भावजुद केहि दोलखा प्रति माया राख्ने युवाहरुले आफूले बिदेशमा आर्जेका केहि रकम दोलखा बिकासका लागि उक्त क्लवलाई हस्तान्तरण गरेका छन् । जुन हामी सबैका लागि आफ्नो जन्मथलो प्रति सहयोग गर्नका लागि प्रेरणा मिलेको छ । साथै अन्य दोलखाली समाजसेवी तथा दोलखा प्रति अघाद माया गर्न ब्यक्तित्वहरुले पनि क्लवले गरेको उक्त कार्य देखेर सहयोग दिदै आएका छन् । उक्त सहयोग निरन्तर जारी रहेको छ दोलखालीहरुको तर्फबाट । क्लवको अगुवाईमा अहिले दोलखा बजार सुन्दर र बिकसित बनाउने अभियान चलाएका छन् , जुन आफैँमा सुन्दर र महान् कार्य हो ।

ad

सक्नेले आर्थिक सहयोग गर्ने नस्कनेले नैतिक सहयोग तथा राम्रो कामको समर्थन गर्ने कसैले पनि राम्रो कामको शुरुवातिमा बिरोध तथा खुट्टा तान्ने काम नगरौ । सबै एक भएको खण्डमा मात्र चाहेको लक्ष्यसम्म पुग्न सकिन्छ ।

क्लवकै अगुवाइमा कोभिड पिडितहरुलाई समेत खाद्यान्न सहयोग जस्ता मानवीय कार्य पनि गर्दै आइरहेका छन् । आगामी दिनमा दोलखा प्रति सामाजिक कार्यमा अझ धेरै लगाव बढोस् शुभकामना तथा कार्य सफलताको कामना गर्दछौँ, अभयपुर युवा क्लवलाई ।
यस कार्यमा हाम्रो समय सान्दर्भिक मिडियाको पूर्ण समर्थन र सहयोग रहनेछ, चाहिएको खण्डमा आर्थिक नैतिक जुनसुकै तवरले सहयोग गर्न तयार छौँ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...