back

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने, नेवा: भाषा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउदै

काठमाडौँ । काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने भएको छ । शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि मिस नेवा: वर्ल्डको आयोजना गर्ने जानकारी गराएको हो  । नेवा: भाषा, कला र सस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउदै विश्व भरि छरिएर रहेका नेवा: समुदायको प्रतिनिधित्व हुने गरि कार्यक्रमको आयोजना गर्न लागेको हो ।
 
विश्वभर छरिएर रहेका नेवार समुदायको हक अधिकार , धर्म, संस्कृति , भेषभुषा र  सम्पदा लगायत  जीवनशैलीको बिषयमा आउने पिढीलाई जानकारी  गराउनुका साथै  आफ्मो पहिचानका लागि समेत  मिस नेवा: वर्ल्डको आयोजना गरिएको  काराओके ईन्टरटेन्मेन्टका प्रमुख  खगेश रन्जीतकारले जानकारी  गराउनु भयो ।
१६ बर्ष देखि ३० बर्ष उमेर समुहका नेवार सुन्दरीले मिस नेवा: वल्ड  कार्यक्रममा  विश्व भरि छरिएर रहेका  नेवार समुदायबाट सहभागिता जनाउन सकिने छ । कार्यक्रममा सहभागिता जनाउन अबिबाहित हुनुपर्ने छ । सस्थाले उचाइको हकमा ५ फिट भन्दा माथि तोकेको छ । प्रतिस्पर्धिहरुले  www.missnewaworld.com लगिन गरि विश्व भरिकै नेवार सुन्दरीहरुले अनलाइन फम भर्न सकिने उक्त सस्थाले जानकारी गराएको छ । कार्यक्रमको दौरानमा नेवा: भाषा तथा अग्रेजी दुवै भाषाको प्रयोग गर्न सकिने प्राबधान राखेको छ ।
 
काराओके ईन्टरटेन्मेन्ट प्रमुख रेक्स रन्जितको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथी ब्युटी प्याजेन्ट एसोसियसनका  केन्द्रिय  उपाध्यक्ष तेन्जिङ शेर्पा, बिशेष अतिथी सस्थाका  सल्लाहकार सर्जु रन्जित , गायिका बुनु राई मानन्धर , नेपाल रास्ट्रिय  मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही , उपाध्यक्ष मधु कार्की , अफिसियल कोरियोग्राफर उरुसा जोशी , आमन्त्रित कोरियोग्राफर आर्शु महर्जन , रन वे मोडेल सुपरस्टारका बिजेता कुशल श्रेष्ठ , कराओके ईन्टरटेन्मेन्टका म्यानेजर प्रिया  खड्गी , मिस्टर नेशनल रबिन तन्डुकार , द राईजिङ्ग क्रियशनका  नेपाल प्रमुख सागर मगर तथा  एमडी रेजिना श्रेष्ठ , प्रोमोटर बिशेष श्रेष्ठ , दिपेन पन्त र गयिका सबिना मानन्धरको उपस्थिति रहेको थियो।कार्यक्रम बसन्तपुरको  द्वारिका छेँ होटलमा सम्पन्न भएको थियो ।

शिल्पा शेट्टीका श्रीमान्  राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

शिल्पा शेट्टीका श्रीमान् राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२१

मुम्बई । पोर्न फिल्म बनाउने र एप्समार्फत् बाँड्ने गरेको...

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०८

काठमाडौँ । धादिङमा कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप...

‘चिनियाँ राष्ट्रपतिको उच्च प्राथमिकतामा तिब्बत पर्नु नेपालका लागि फाइदाजनक’

‘चिनियाँ राष्ट्रपतिको उच्च प्राथमिकतामा तिब्बत पर्नु नेपालका लागि फाइदाजनक’

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०३

काठमाडौं । चिनियाँ राष्ट्रपतिको कार्यभार सम्हालेयता पहिलोपटक सी जिनपिङले...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१२

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको...

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

वि.सं.२०७८ साउन ७ बिहीवार २१:४१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

वि.सं.२०७८ साउन ७ बिहीवार २१:१२

काठमाडौँ । सामाजिक अभियन्ता अनुउर्मिला शेरचनले निस्वार्थ समाजसेवा गर्दै...