back

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

4.48K
shares
sivam siment- long add

काठमाडौँ । सामाजिक अभियन्ता अनुउर्मिला शेरचनले निस्वार्थ समाजसेवा गर्दै आएकी छन् । समाजसेवा मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरुको मन जिती रहेकी छन् । उनले समाजसेवाबाट दीनदुखी , गरिब , बिरामी लगायत अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आइरहेकी छन्।

सामाजिक अभियन्ता शेरचनले विभिन्न दाताबाट उपलब्ध सहयोग रकम भक्तपुर क्यान्सर अस्पताल पुगी बोन क्यान्सरबाट पिडित ७ बर्षकी सानी नानी अन्सु श्रेष्ठ र नर्भिक अस्पतालमा उपचार्थ कलाकार निशा घिमिरे लाई हस्तान्तरण गरेकी छन् । त्यसका अलावा काठमाडौंका विभिन्न स्थानमा पुगेर खाद्य सामाग्री वितरण गरेकी छन् ।

यसैबीच, शेरचनले एकै दिन १ सय १८ परिवारलाई आफैं उपस्थित भएर खाद्यान्न वितरण गरेकी छिन् । सुकेधाराको सृजना बस्तीमा रहेको सुकुम्बासी बस्तीका ८२ , थापाथली सुकुम्बासी बस्तीका २२ घर–परिवार, जन आन्दोलनमा घाईते भएकाहरू, पहिलो र दोस्रो अभियानमा राहत लिन छुटेका ४ घर–परिवार तथा कपन बस्तीका १० घर–परिवारलाई खाद्य सामग्री वितरण गरेकि छन् ।

निस्वार्थ समाजसेवामा लागेकी शेरचन आफ्नो घर परिवारको काम सकाएर बचेको समय निकाली समाजसेवामा दित्त चित्त भएर अहोरात्र खटिरहनु भएकि उनि दीनदुःखी, असाहय, बिरामी सबैको सहयोगमा निरन्तर लागि परेकी छिन् । शेरचन पछिल्लो समय समाजसेवामा सक्रिय भएर लागि परेकी छन् ।

समाचसेवी शेरचनले व्यक्तिगत अभियानमार्फत नै समाजसेवामा निरन्तर लागिपरेकी छिन् । उनको समाजसेवाबाट प्रभावित भइ धेरै दाताहरुले उनि मार्फत समाजसेवा गर्न सहयोग रकम उपलब्ध गर्दै आइ रहेका छन् । उनको समाजसेवाको मुख्य आकर्षण भनेकै पारदर्शी र सहयोग रकम आफू स्वयम् उपस्थित भएर हस्तान्तरण गर्नु नै हो । यसै कारण पनि दाताहरु र घर परिवार खुशी छन् । समाजसेवी शेरचन सबैको प्रेरणाको श्रोत र समाजप्रति आस्था जगाउने एक उज्यालो नक्षेत्रको रुपमा उदाएकी छन् ।

उनको सामाजिक अभियानमा सहयोग गर्नु हुने दाता र सहयोगी मनका साथै उनको हरेक अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोगी गर्नु हुने मनहरू, दाताहरूप्रति हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गरेकी छन् ।

ime pay- long

ime pay- long
द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...