ग्य्राण्ड डिजाइन गरि अध्यक्ष माथि हमला
shares

महेन्द्र श्रेष्ठ, दोलखा संवाददाता । एक ब्यक्तिले मेलुङ गाँउपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ माथि हमला गरि दुरव्यवहार गरेका छन् । बिपक्ष पार्टिका कार्यकर्ताले ग्य्राण्ड डिजाइन गरि अध्यक्ष श्रेष्ठको बढ्दो कदलाई धुलमिल गर्न सुनियोजित ढंङ्गबाट हातपात गरिएको हो ।
मेलुङ गाँउपालिकाका सडकहरु बन्दै रहेको अवस्थामा र बाँकी सडकहरुमा पनि कल्भड लगायत अन्य कामहरु भइरहेको थियो । बर्षाका कारण अबरुद्ध भएको कारण सडकमा केहि समस्या भएको हो । तर त्यस बिषयलाई अतिरन्जित रुपमा एक ब्यक्तिले अध्यक्ष माथि हमला गरि दुरब्यवहार गरिएको छ ।
बर्षादका कारण लामोसाँघु जिरी सडक खण्ड अहिलेसम्म बनिसकेको छैन । जुन बिषयमा कसैको आँखा गएको छैन तर राजनीतिक प्रतिशोधका कारण बन्दै गएको सडक माथि नै नकारात्मक टिक्काटिप्पनी गरि अध्यक्ष माथि नै दुरब्यवहार गरिनु कानूनी राज्यको ढाडो हस्तक्षेप हो ।
बन्दै गएको सडकमको बिषयमा कुरा निकालि जनप्रतिनिधि माथि गरिएको साङ्घातिक हमलाको बिरुद्ध गाँउपालिकाले कानूनी उपचार खोजीने गाँउपालिकाका प्रबक्ता हिरा थोकरले समय सान्दर्भिकलाई जानकारी गराउनु भयो । उहाँको भनाइ थियो, बर्षादका कारण पहिरो पन्छाउन केहि ढिलो भएकाले स्थानीय आक्रोसित भएका थिए । गाँउपालिकाका अध्यक्ष स्वयमले नै गाडिको ब्यवस्था गरि बिरामीलाई काठमाडौँ पठाएको थियो ।
वि.सं.२०७८ भदौ १३ आइतवार १०:५२