back

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

5.09K
shares
sivam siment- long add

काठमाडौं । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो ।

तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने महानगरपालिकाको अनुमान छ । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइसकिने छ । त्यसपछि मात्रै फोहोर उठाउने काम नियमित तालिकामा फर्किन सम्भव हुन्छ

हाल उपत्यकाभर ३० हजार टन फोहोर थुपि्रएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ । तर, दैनिक १ हजार टन मात्रै फोहोर ल्यान्डफिल साइट लैजान सम्भव छ ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाको गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमी नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।

शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

उपत्यकाका महानगरपालिका र नगरपालिकाबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि सिसडोल ल्यान्डफिल साइटमा आउने गरेको छ ।

अबको एक महिनासम्म फोहोर उठ्न नसकेकाले फोहोर उठाउने चक्र नियमित हुन केही महिना लाग्ने अवस्था रहेको महानगरपालिकाका अधिकारीहरु बताउँछन् ।

फोहोर उठाउन थालेपछि लगातार वर्षात भएमा अहिलेको लक्ष्य पनि प्रभावित हुने जोखिम पनि छ । वर्षायाममा सडकको दुरावस्थाका कारण लक्ष्यअनुसार फोहोर उठाउन सकस भएको महानगरपालिकाले बताउँदै आएको छ ।

सडक विभागले सडक तुरुन्तै मर्मत गरेर सवारी चल्न योग्य बनाउने प्रतिवद्धता जनाएको अब नियमित रुपमा फोहोर उठ्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

‘मूलतः सकडकै कारण फोहोर उठाउन चुनौती रहेछ, अब सडक विभागले तुरुन्तै सडक मर्मत गरेर अवस्था सहज बनाउने बताएको छ,’ पराजुलीले भने, ‘सडकले आफ्नो काम गर्‍यो भने फोहोर बोकेर जाने सवारीको सुरक्षा हामीले गर्छौं भनेका छौं ।’

महानगरपालिकाले फोहोर उठाउने वातावरण बनाउन सिसडोलका स्थानीयसँग पनि मंगलबार साँझ सहमति गरेको छ । फोहोर रोकिनुको कारण सडकमा मात्रै थिएन, भदौ ४ गते सिडोलस्थित कागती गाउँकी ५६ वषर्ीय पुतली बलामीको निधन भएपछि स्थानीयले फोहोर फाल्न जाने गाडीलाई ल्यान्डफिल साइट पुग्न अवरोध पनि गरिरहेका थिए ।

झाडापखालाका कारण बलामीको ज्यान गएपछि स्थायीयले फोहोरको उचित व्यवस्थापन नगर्दा ‘प्रकोप’ फैलिएर बलामीको निधन भएको दावी गरिरहेका थिए ।

स्थानीयले मृतकको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, सडक तुरुन्तै कालोपत्रे गर्नुपर्ने लगायतका स्थानीय सिसडोल पीडित संघर्ष समितिसँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन हुनुपर्ने माग पनि गरेका थिए ।

तर, महानगरपालिकाले स्थानीयको माग अनुचित भएको भन्दै यसलाई गुपचुप राख्न खोजेको थियो । तर, काठमाडौंमा फोहोरको डंगुर सडकभरि देखिन थालेपछि मात्रै महानगरपालिकाले स्थानीयसँग छलफल अघि बढाएको थियो ।

जीर्ण सडकलाई मात्रै दोष दिएर बसेको महानगरपालिकाले मंगलबार बेलुका सिसडोलका स्थानीयसँग १४ बुँदे सहमति गरेसँगै स्थानीयको अवरोध पनि हट्ने भएको छ ।

स्थानीयहरु फोहोर बोकेका गाडीलाई अवरोध नगर्न सहमत भएका छन् । सडक मर्मत गर्ने, सडक वरपर फालिएको टिपनटापन फोहोर उठाइहाल्ने, स्थानीय क्षेत्रमा वृक्षारोपण गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, स्थानीय युवा समूह र विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने, फोहोर बोकेको गाडी तीनपिप्ले-सिडोल खण्डमा रोकेर बस्न नदिने, लिचेड बग्न नदिन गाडीमा बक्सहरु बनाएर व्यवस्थापन गर्नेलगायतका सहमति भएको छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...