back

गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ देखि खुला गरिने

2.58K
shares
sivam siment- long add

गोरखा । गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने निर्णय गरेको हो । बढी भीडभाड हुने मनकामना मन्दिरमा भने ढोका बाहिरबाट पूजा गर्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड तयार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

‘भक्तजनले ल्याउनुभएको पूजाका सामग्री मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुर्‍याइदिनुहुन्छ,’ उनले भने, ‘उहाँहरुले चाहिं बाहिरैबाट दर्शन गर्नुहुनेछ ।’ मन्दिर दर्शनका लागि लाइनमा बस्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने उनले बताए । मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ ।

यसैगरी मन्दिर परिसरमा साबुनपानीले हात धुने ठाउँको व्यवस्था गर्नुपर्ने, मन्दिरका पुजारी, कर्मचारी र सुरक्षाकर्मीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने र आवश्यकताको आधारमा फेसशिल्ड पनि प्रयोग गर्नुपर्ने निमित्त प्रजिअ भण्डारीले बताए ।

‘मन्दिरका पुजारी, कर्मचारी, मनकामना क्षेत्र विकास समितिका कर्मचारी तथा सहयोगी स्वयंसेवकहरुको नियमित ज्वरो नाप्न, रुघाखोकी लागे नलागेको सूचना लिन र त्यस्तो पाइएमा काममा सहभागी नगराउन भनेका छौं,’ उनले भने । जिल्लाका अन्य धार्मिक स्थलहरुमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पूजाआजा गर्न भनिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १६ गतेदेखि सर्वसाधारणलाई मन्दिरमा पूजाआजा गर्नका लागि रोक लगाइएको थियो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...