back

एमसीसीका उपाध्यक्षसहितको टोली काठमाडौं आइपुग्यो

600
shares
sivam siment- long add

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ । कतार एयरवेजमार्फत काठमाडौँ आउनुभएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुनुहुन्छ ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । 

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ । 

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...