back

माथिल्लो टोलका युवतीहरु पित्तलको गाग्री च्यापेर लहरै उकालो उक्लिरहेको दृश्य अत्यन्तै रमाइलो देखिन्थ्यो : प्रा.डा. श्याम जोशी

4.93K
shares
sivam siment- long add
प्रा.डा. श्याम जोशी


सन्दर्भ दोलखा शहरमा खानेपानी : “राइतीय लोखु हायेन याना कर्वाकु, पुखुर्सी टुल्ले सोयन कार यइ ।“ जुन गीत दोलखा भाषाको पहिलोे एल्वम स्याउदाइमा समाबेश छ ।


एकताका बलराम श्रेष्ठले रचना गरेका यो गीत दोलखा शहरमा अत्यन्त लोकप्रिय भएको थियो । यसले दोलखाबासीको जिबनमा राइती अर्थात् तीन वटा ढुंगाको धाराको कतिको महत्व थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।


राइती एक समय अधिकाङ्स दोलखा शहरबासीहरुको खानेपानीको मूल श्रोत थियो । त्यस बेला धाराहरु त धेरै थिए, केही बर्षा लागे पछी मात्र पानी आउने र केहीमा पिउनका लागि योग्य नहुने पानी आउथ्यो । दुङ्गलबासीको लागि पिउन, नुहाउन र लुगा धुन वतिचाका २ धारा थिए, पिङलबासीका लागि छोपतीको एउटा धारा थियो । छोपतीको पानीमा त आयोडिनको कमीको समस्या समेत थियो । तल्लो टोल र माथिल्लो टोलका लागि राइती अर्थात ३ धारा एक मात्र पिउने पानीको स्रोत थियो । त्यहाँ भन्दा केहि तल बज्रवतीमा रहेका २ धारा अक्सर लोग्नेमानिसहरुले मुख धुन , नुहाउन प्रयोग गर्थे । राइती नजिकै शाहीहरुका लागि बेग्लै धारा थियो ।

दोलखा शहरका करिव आधा र तुलनात्मक रूपमा सम्पन्न माथिल्लो टोलमा बस्थे । पानी ओसार्न पितलको गाग्रीमा , सिधा र समथर बाटो भएकाले तल्लो टोलका महिलाहरूलाई तुलनात्मक रूपमा सजिलो थियो तर मथिल्लो टोलका महिलाहरु लाई अलि कठिन थियो । किनकी बाटो साँघुरो, उकालो, चिप्लने र ढुङ्गामा ठेस लाग्ने खालका थियो । ठाडो बाटो जस्लाई डास्नी भनिन्छ । उक्त बाटोबाट मछिन्द्रनाथको रथ तानेको टिभीमा देखेर मेरा मित्र प्रा. रत्नमान डंगोलले एकपटक अचम्म मान्दै मलाई सोधेका थिए । तपाईंहरुको शहरमा त त्यस्तो सागुरो, उबरखाबर र ठाडो उकालोमा पनि मछिन्द्रनाथको रथ तान्दो रहेछ ।


माथिल्लो टोलका अलि बलिया महिलाहरु अर्थात युवतीहरु लहरै भएर त्यहि बाटो भएर पानी ओसार्थे । मथिल्लो टोलका युवतीहरु पित्तलको गाग्री च्यापेर लहरै डास्निको उकालो उक्लिरहेको दृश्य अत्यन्तै रमाइलो देखिन्थ्यो । अधबैसे महिलाहरु भने ड्वाकुलुङाको बाटो मेरै घर अगाडिबाट पानी ओसार्ने गर्थे । एउटै धाराबाट धेरैले पानी थाप्नु पर्ने भएर बिहान ५ बजे झिसमिसै देखि नै महिलाहरू गफ गर्दै हिडेको सुनिन्थ्यो । हतारको कारणले कहिले काही महिलाहरू बिच कुटपिट पनि हुन्थ्यो । कस्ले कस्लाई भगायो वा को को सङ्ग भाग्यो भन्ने पनि धाराबाट फर्कने हरुबाटै “ब्रेकिङ न्युज“ ह्न्थ्यो । समग्रमा महिलाहरूलाई र खास गरी माथिल्लो टोलका महिलाहरूलाई पानी ओसार्न निकै गाह्रो थियो । तैपनि महिलाहरूले आफ्नो कर्तब्य ठानेर कुनै गुनासो बिना यो काम गर्थे ।


हालै २०११ को एउटा फ्रेन्च चलचित्र “दी सोर्स “ हेरेको थिएँ । एक दुर्गम गाउँका पुरुषहरू टाढादेखि उकालो र जोखिम पूर्ण बाटोबाट पानी ओसार्ने काम महिलाहरूको हो, भनेर आफू तास खेलेर र गफ चुटेर बस्थे । महिलाहरूले पुरुषहरुलाई पानी ल्याउन बाध्य पार्न “योन हड्ताल“ गरेका थिए । २०१९ को नेपाली चलचित्र “ छ माया छपकै“ मा भने पुरुषहरु समेत ले “भोट बहिस्कार “ गरेको देखाएको छ । धन्न्य दोलखाका महिलाहरूले आफ्ना परम्परागत काम भनेर बिद्रोहका आवाज उठाएनन् ।

यो पृष्ठभुमि मैले दोलखाको खानेपानीको ब्यबस्था कसरी भएको थियोे भन्ने बेलिबिस्तार गर्न दिएको हुँ । हालै समय सान्दर्भिकका सम्पादक त्रिलोचन प्रधानले फेसबूकमा लेखेका थिए– दोलखाको खानेपानीको ब्यबस्था गर्ने पूर्बप्रधानपञ्च स्व. खड्गबहादुर श्रेष्ठको तस्बिर वडा कार्यालयमा राख्नु पर्छ । यो कुराको पक्ष र विपक्षमा मानिसहरूको आ–आफ्नो मत होलान् । तर यो कुरा निर्बिबाद हो कि दोलखाको सामाजिक र बिकास – निर्माणका कार्यमा उहाँको अग्रणी र नेतृत्वदायी भूमिका रहेको थियो । त्यसैले उहाँको तस्बिर त हाम्रा पुस्ता अघिका सबैको मनमा टाँसिएरै बसेको हुनु पर्छ भन्ने मलाई लाग्छ ।

मलाई जानकारी भए अनुसार बिक्रम संवत २०१३ सालमा राजा महेन्द्रको सवारीका बेला माग भए अनुसार दोलखा शहरको खानेपानी परियोजना स्वीकृत भएर बिक्रम संवत २०१९ तिर मात्रै शुरु भएको थियो । त्यसका लागि बनाइएको समिति मा स्व. खड्गबहादुर श्रेष्ठ अध्यक्ष, मेरो बुबा स्व. लालबहादुर जोशी सचिब र स्व. कलकबहादुर प्रधान कोषाध्यक्ष रहेको उहाँले काठमाडौंबाट बुबालाई लेख्नु भएको पत्रबाट थाहा भएको हो । त्यस बेला करिब ११ बर्षको मैले स्व. खड्गबहादुर श्रेष्ठलाई पाखलतिदेखि बाजा बजाएर, सिन्दुरजात्रा गरेर, माला लगाएर बजार प्रवेश गराएको देखेको थिए । उहाँले भने ठूलै युद्ध जिते जस्तो सकेटको माला लगाइ रहनु भएको थियो । त्यसपछि दोलखाका सबैले उर्दि अनुसार श्रमदान गरेका थिए । दरफेमा जलासय खन्न स्कुलबाट हामीलाई पनि ४,५ दिन लगेका थिए । अन्ततः दोलखालीहरुको सपना पूरा भयो । टोल टोलमा धारा राखियो । दोलखाका महिलाहरूले घर अगडि नै पानी थाप्न पाए र टाढाबाट पानी ओसार्नु पर्ने बाध्यताबाट सधैका लागि मुक्ति पाए ।

: लेखक त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक तथा अर्थशास्त्री हुनुहुन्छ ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...