back

मन्त्री खड्कालाई दोलखामा भब्य स्वागत तथा सम्मान

3.08K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, दोलखा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री दोलखाली चेली रचना खड्कालाई दोलखा बजारमा भब्य स्वागत तथा सम्मान गरिएको छ । मन्त्री खड्का भीमेश्वर मन्दिरका पदाकरीहरुले स्वागत तथा सम्मान गरिएको हो ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्कालाई गृह जिल्लामा भव्य स्वागत गरेको छ । मन्त्रीमण्डल विस्तार भएपछि पहिलो पटक जिल्ला आउनुभएका मन्त्री खड्कालाई वडा कार्यालय , दाेलखाबासी तथा भीमेश्वर मन्दिर गुठी तथा पुजा ब्यबस्थापन समितिले भव्य स्वागत गरेको हो ।

आम नागरिकहरुलाई घर दैलोमै सिहदरवारको सेवा प्रदान गर्ने भन्दै संघियता कार्यन्वयनमा गएता पनि घर दैलोमा भएको सेवा सुविधा पनि कटौती गरी अन्य जिल्लामा पुगेको र जिल्लाका नागरिकहरुले सेवा लिन समस्या भएको भन्दै दोलखाका स्थानिय सरकार प्रमुखहरुले गुनासो गर्नु भएको थियो ।

दोलखामा प्रदेश स्तरीय कार्यालयहरु कुनै पनी नभएको र भएको कार्यालयहरु समेत उठेर अन्य जिल्लामा गए पछि उक्त कार्यालयले प्रदान गर्ने सेवा लिन जिल्लाका नागरिकहरुलाई समस्या भएको भन्दै स्थानिय सरकार प्रमुखहरुले गुनासो गरेका हुन् । स्थायिन सरकार प्रमुखको गुनासोलाई सम्वोधन गर्नु हुदै मन्त्रि खड्काले प्रदेश स्तरिय कानुनहरु निर्माण भई नसकेको र प्रदेश स्तरिय कार्यालय प्रत्येक जिल्लामा राख्नको लागि केहि समस्या देखा परेको हुँदा प्रदेश मातहतका सवै काम स्थानीय तहबाट नै कसरी गर्न सकिन्छ भन्नेमा अध्ययन भई रहेकोले प्रत्येक जिल्लामा कार्यालय स्थापनाको लागि आफनो तर्फबाट पहल भई रहेको उहाँले बताउनुभयो ।

स्वागत कार्यक्रमलाई सम्वोधन गर्नुहुदै मन्त्री खड्काले देशमा विविध कारण राजनैतिक परिर्वतन भई रहने र देशको राजनैतिक परिर्वतनसंगै सरकार पनी परिर्वतन हुने स्वभाविक प्रकृया रहेको हुँदा आफु मन्त्री पदमा रहँदा कार्यकुशलता पुर्वक कार्य सम्पादन गर्ने बताउनु भयो । प्रदेश सरकारले दाेलखाकाे एतिहासिक शहरमा पहिला पनि सहयोग गरिदै आएको र अहिले पनि सहयोग गरिने मन्त्री खड्काले प्रतिबद्धता जनाउनु भयो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष बिराजमान श्रेष्ठले दाेलखाकाे बिकाशकाे बारेमा जानकारी गराउनु भयाे। नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र प्रधानले दाेलखाकाे बिकासका समस्याकाे बारेमा जानकारी गराउदै , सहयोग गर्न अनुराेध गर्नुभयाे ।

कार्यक्रममा भीमेश्वर नगरपालिका वडा न. २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठ, नसस चरित्रकृष्ण जाेशी , नेकपा एमाले भीमेश्वर नगर कमिटिका अध्यक्ष ज्ञानेन्द्र प्रधान, भीमेश्वर मन्दिर गुठी तथा पुजा ब्यबस्थाप समितिका तर्फबाट इटालीन श्रेष्ठ, बासु जाेशी, टेकबहादुर श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...