back

सुनिता र बालेनको जीतसँगै युवा तथा परिवर्तनका सम्वाहकहरु खुशी र उत्साहित

1.18K
shares
sivam siment- long add
एलआर त्रिलोचन “समस्त”

सुनिता र वालेनको जीतसँगै हजारौ हैन लाखाैं, करोडौं देश बिदेशका नेपाली युवा तथा परिवर्तनका सम्वाहकहरु खुशी र उत्साहित भएका छन् । त्यसलाई मर्न दिने र नदिने काम भनेकै सुनिता र वालेनको हातको कुरा हो ।
काठमाडौं महानगरपालिकाले मात्र काठमाडौंको प्रतिनिधित्व गर्दैन । काठमाडौंले देशको प्रतिनिधित्व गर्छ । काठमाडौंबासीले सुनिता र वालेनलाई पत्याउनु भनेको देशले पत्याउनु हो । अब सिङ्गो काठमाडौंलाई हाक्ने काम सुनिता र बालेनको हो ।

एउटा गाडि गन्तव्यमा पुर्रयाउन दुवै चालकको उतिकै आवश्यकता छ । कोही एक जनताले मात्र घुम्तिमा बिलम्व गरे गाडि गन्तव्यमा पक्कै पनि पुग्ने वाला छैन ।
बालेन स्वतन्त्रबाट निर्वाचित भएकाले शंका गर्ने ठाउ छैन तर सुनिता सूर्य चिन्हबाट निर्वाचित भएकाले कतै भोली पाटि तथा कार्यकर्ताको कुरा सुनेर बिगतमा बिद्या सुन्दर र अर्काे उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले जस्तै ताण्डव नर्गला भन्न सकिदैन् । अहिले नै खवरदारी सुनितालाई एमालेले जिताएको पक्कै होइन । जनताले युवा र उर्जाशिल नारी भनेर मतदान गरेका हुन् । सुनिताले यसलाई कहिले पनि बुल्नु हुदैँन । त्यसै गरि बालेनलाई पनि देश र जनताले परिवर्तनको संवाहकका रुपमा मतदान गरेको बुज्नु पर्ने देखिन्छ । हिजो रानीपोखरी , धरहरा लगायत बिभिन्न्न ठाउको ताण्डव देखियाे । नगरप्रमुख बिद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले एकले अर्काेलाई सहयोग र सहकार्य नगरी ५ बर्षे कार्यकाल बिना उपलब्धि बिदा भए । बिद्यासुन्दरले काठमाडौंलाई न सुन्दर नै बनाए न त हरिप्रभाले आफ्नो प्रभा नै छोड्न सके । अन्तत दुवै पाटि र जनताबाट अस्वीकृत भए, जुन उनीहरुकै ब्यवहारबाट हो । यसबाट पाठ सिकि नवनिर्वाचित नगर प्रमुख बालेन्द्र साह बालेन र सुनिता डंगोलले एक अर्काेमा सहकार्य, सहयोग, सहाभावना, बिकासका एजेण्डा र अन्य सबै कुराहरुमा सुरताल मिलोस् । गीतमा कोरस गाय सरी यो कस्को आवाज भनेर ठम्म्याउन गाह्रो हुने गरी, तिमीहरु दुवैले गरेका काममा पनि जनताले कुनै शंका गर्ने एक रति पनि ठाउँ नहोस् । तमाम परिवर्तन चाहनेहरुको शुभकामना । तमाम युवाहरुको भावना पनि यहि हो । जययुवा ।

लाखौं करोडौं युवा र परिवर्तन चाहनेहरुको भावनामा चोट नपु¥याइ काम गर्नु नै चतु¥याइ र जनमतको असली कदर र सम्मान हुनेछ । यसपाली सुनितालाई दोलखा भीमसेनको आशीर्वाद लागेकै हो । यसमा दुई मत छैन । यस्को हेक्का राख्न्न पनि सुनितालाई सादर सुझाव । आगामी दिनमा सनिता र बालेनले देश र जनताको मतबाट जितेका धरान उपहमानगरपालिकाका नगरप्रमुख सामाजिक अभियन्ता हर्क साम्पाङ राई, धनगढी उपहमानगरपालिकाका नगर प्रमुख गोपी हमाल साथै जनकपुर उपहमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह लगायत जनताका जनमतले बिजय भएका जनप्रतिनिधिहरुलाई समेटि देशै भरिका जनताहरुको भावनालाई कदर गरि बिकास योजनाका खाका बुन्दै हर्क साम्पाङ राईले जस्तै सादा जीवन र उच्च बिचार अंगाली अघि बढे पक्कै पनि गन्तब्यमा पुग्न सकिन्छ ।

सुविधा भोगी र चिल्ला गाडि चढ्ने र नभएको आश्वासन दिने गरे समय र जनताले साथ छोडने निश्चित छ । पुनश्चः सुनिताको जीत सुर्य चिन्हले पक्कै होइन है परिवर्तन चाहने र युवाहरुको मत र सुनिताको आफ्नो ८ खम्वे अवधारणाकै उपज हो । त्यसै गरि बालेनका लागि पनि उस्को बलियो अवधारण र विवेकपूर्ण तर्क र शिक्षा नै प्रमुख घाेतक हो । लाखौं करोडौं युवाहरुको भावनामा चोट नपु¥याउ यहि नै कार्यकाल सफलताको शुभकामना छ । परिवर्तनका संवाहकहरुलाई ।।।।।

ime pay- long

ime pay- long
अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार १०:२९

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता...

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

वि.सं.२०७९ चैत २ बिहीवार २२:५१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...