back

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

570
shares
sivam siment- long add

काठमाडौँ । नेपाली टोली पब्जी मोबाइल विश्वकप च्याम्पियनसिपमा उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डिआरएस टोली टर्कीको एसटुजीसँग पराजित भएको हो । फाइनल चरणमा एसटुजीले सर्वाधिक एक सय ९० अंक जोड्दै उपाधि हात पार्‍यो । नेपाली टोली डिआरएसले एक सय ५८ अंक हात पार्दै उपविजेता ट्रफी उचाल्यो ।

उपविजेता डिआरएसले तीन करोड ८६ लाख २९ हजार रुपैयाँ (२ लाख ९२ हजार डलर) पुरस्कार पाएको छ । फाइनल पुगेको नेपालकै अर्को टिम भने १३औँ स्थानमा आएको छ । यस टोलीले एक करोड ७५ लाख २८ हजार रुपैयाँ (एक लाख ३२ हजार पाँच सय डलर) पुरस्कार पाएको छ ।

यसअघि डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो । डिआरएसको टोलीमा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन् । टिमका सिइओ भिक्टर पौडेल हुन् । ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो ।

जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित तीन दिने उक्त ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । । त्यसमा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोली सहभागी थिए ।

नेपाली विजयी टोलीलाई बधाइ दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । केही दिनअघि मात्रै उनी अनौपचारिक भ्रमणको क्रममा नेपाली खेलाडीहरूलाई हौसला दिन इन्डोनेसिया गएका थिए ।

नेपाली टिमको सफलतामा खुशी मनाउन नेपालका अनलाइन गेमिङ समुदायले भोली (२५ पुस) काठमाडौंमा र्‍याली आयोजना गर्ने भएका छन् । ‘नेपाली समूहले दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेकोमा हामी खुशी छौं,’ नेपाली अनलाइन गेमर प्रदीप अधिकारी भन्छन्, ‘यो नेपाली अनलाइन गेमर मात्र नभएर देशकै लागि गर्वको कुरा हो ।’

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...