back

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

702
shares
sivam siment- long add

काठमाडौं । नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ३५ बल बाँकी हुँदै ऎतिहासिक जित निकाल्न सफल भएको हो। आजको खेलमा नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए भने करण केसीले ३ विकेट तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन पाएको थियो।

नेपालको धराशायी भइसकेको इनिङलाई कप्तान रोहित पौडेल र करण केसीले सम्हालेका थिए । १३८ रनको स्कोरमै आठौं विकेट गुमाइसकेको नेपालले त्यसपछि शानदार कमब्याक गर्दै स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको थियो ।

स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा हासिल गरेका थिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रनको योगदान दिए भने म्याथ्यु क्रसले ४२ तथा ब्रेन्डन म्याकमुलनले ३१ बनाए भने त्यस्तै केल कोट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२ रन बनाएका थिए ।

जवाफमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक नटआउट ९५ रन बनाए । करण केसीले नटआउट ३१ रन बनाए । ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७, आसिफ शेखले १२ रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले ३, क्रिस ग्रेभ्सले २ र ब्रेन्टन म्याकमुलन, सफ्याँ शरीफ र मिचेल लिस्कले समान १ विकेट लिए ।

घरेलु मैदानमा भरिभराउ दर्शकमाझ नेपालले स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हासिल गरेसँगै पहिलो पटक विश्वकप लिग–२ मा सबै चार खेलमा जित हासिल गर्‍यो। नेपालले घरेलु सिरिजमा पहिलो पटक सबै चार खेलमा जित निकाल्दै घरेलु मैदानमा सबै चार खेल जित्ने नयाँ इतिहाससमेत बनायो।

ime pay- long

ime pay- long
वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

वि.सं.२०७९ फागुन ८ सोमवार १७:०७

काठमाडौँ । महाशिवरात्री तथा प्रजातन्त्र दिवसको अवसर पारेर आयोंजना...

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

वि.सं.२०७९ माघ १९ बिहीवार २१:५४

काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय...

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

वि.सं.२०७९ माघ ४ बुधवार ०९:४९

काठमाडौँ । एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन¬) कराँते प्रतियोगिता–२०७९” मा नेपाल...

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

वि.सं.२०७९ पुस २५ सोमवार २१:३४

काठमाडौँ । नेपाली टोली पब्जी मोबाइल विश्वकप च्याम्पियनसिपमा उपविजेता...