back

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

372
shares
sivam siment- long add

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल खेल्न मलेशिया जाने भएका छन् ।मलेसियाको कुचिङमा मार्च १८ मा हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वल्र्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्ने जानकारी गराईएको हो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई केटीएम सिटीले आवश्यक जर्सी, ट्रयाक, जुत्ता लगायतको सामाग्री प्रायोजन गरेका हुन् ।

यू–१४ गर्ल्स विधाको यस प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, चाईनिज ताइपेई, भारत, इरान, जापान, काजकिस्तान, दक्षिण कोरीया, लेवनान, न्यूजिल्याण्ड, श्रीलंका, थाईल्याण्ड, उज्वेकिस्तान प्रि क्वाईनिफाईड इभेण्टबाट छनोट भएका २ टिम गरी जम्मा १६ राष्ट्रका गल्स टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालीको जुनियर महिला टिमले पहिलो पटक अन्तिम छनोट खेल्न लागेको हो । प्रतियोगितालाई अन्तर्राष्ट्रिय टेसिन महासंघ र एसियन टेनिस महासंघको सहयोग रहेको छ ।

नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ र केटीएम सिटीकी एचआर हेड नेहा चित्रकारले सहभागी खेलाडीलाई बिदाई गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मलेसियामा उत्कृष्ट नतिजा निकाल्ने गरि प्रर्दशन गर्न खेलाडीलाई शुभकामना दिएका थिए ।

ime pay- long

ime pay- long
क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

वि.सं.२०७९ फागुन ९ मंगलवार २२:४२

काठमाडौं । नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको...

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

वि.सं.२०७९ फागुन ८ सोमवार १७:०७

काठमाडौँ । महाशिवरात्री तथा प्रजातन्त्र दिवसको अवसर पारेर आयोंजना...

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

वि.सं.२०७९ माघ १९ बिहीवार २१:५४

काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय...

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

वि.सं.२०७९ माघ ४ बुधवार ०९:४९

काठमाडौँ । एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन¬) कराँते प्रतियोगिता–२०७९” मा नेपाल...

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

वि.सं.२०७९ पुस २५ सोमवार २१:३४

काठमाडौँ । नेपाली टोली पब्जी मोबाइल विश्वकप च्याम्पियनसिपमा उपविजेता...