back

डुक्र रेभेनलाई हराउँदै गोरखाले चुमे उपाधी

498
shares
sivam siment- long add

अस्ट्रेलिया,ब्रिसबेन। नोभा आरसिएस फुटबल क्लवले आयोजना गरेको तेस्रो फुटबल खेलमा गोरखा फुटबल क्लवले डुक्र रेभेन फुटबल क्लवलाई १-० गोलले पछि पार्दै उपाधी हात पारेको हो । उपाधीसँगै गोरखाले ३ हजार अस्ट्रेलियन डलरसँगै ट्रफि र मेडल पाएका छन् ।
उप बिजेता भएका डुक्र रेभेन फुटबलले पनि नगद १ हजार अस्ट्रेलियन डलरसँगै ट्रफि र मेडल पाएका छन् । त्यसै गरि अन्य प्रतिस्पर्धी तथा सहभागी फुटबल क्लवहरुलाई पनि आयोजक क्लवले लव अफ एप्रिसिएसन हस्तान्तरण गरेका थिए ।

उक्त फुटबल खेल प्रतियोगितामा बालबालिकाहरुलाई पनि मनोरञ्नका लागि फुटबल खेल खेलाइएको थियो । त्यसै गरि ३५ बर्ष भन्दा माथिका उमेर समूहको पनि खेल खेलाइएको थियो । उक्त खेलमा साउथ ब्रिजबेनले नर्थ ब्रिसबेनलाई हराउदै ट्रफि हात पारेका थिए ।

खेल प्रतियोगितामा आयोजक संस्था नोभा एजुकेशन तथा माइग्रेशन सर्भिसले र्याफल टिकटको समेत ब्यवस्था गरिएको थियो । उक्त र्याफल टिकटको स्क्यान गरे अनुसार दुई जना भाग्यशाली बिजेतालाई १ सय अस्ट्रेलियन डलर बराबरको २ वटा भौचर कुपन प्रदान गरिएको थियो ।

नोभा आरसिएस तेस्रो फुटबल खेल प्रतियोगितामा गोरखा, डुक्र रेभेनसँगै डाँफे, रेड पूजा, गोरखा बुल्स, टोम्वा नेप्लिज फुटबल क्लव, बेरंपा , थोइपागा, डुक्र सिटि, एफवाइ एफसि, सिम्रिक, अन्नोन, बिएनएफसि, गोल्डकोष्ट साथै आयोजक क्लव नोभा आरसिएस गरि १५ वटा क्लवको सहभागिता रहेको थियो ।

नोभा आरसिएस फुटबल क्लवले आयोजना गरेको तेस्रो फुटबल खेल प्रतियोगिताको मुख्य प्रायोजक नोभा एजुकेशन तथा माइगे्रशन सर्भिसेज रहेको थियो भने । सह प्रायोजक ओम स्पाइसिस र फूड पाटनरमा ८८४८ मम प्यारिङटनले रहेको थियो ।

प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोमा आयोजक क्लवका तर्फबाट राधा श्रेष्ठले सम्पूर्ण खेलाडी सहयोगि सँस्था तथा शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेका थिए । खेल अवधी भर खेलाडीहरुले अनुशासित ढंंंगबाट खेल प्रर्दशन गरेकोमा दर्शक, आयोजक क्लव र सहयोगी संस्थाहरुले खुशी ब्यक्त गरेका थिए ।

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...