back

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले ५३ वर्षपछि जित्यो युरोकपको उपाधि

1.22K
shares
sivam siment- long add

काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।

सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । तर नायक बन्न सकेनन् ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट भएको हो । खेलको दोस्रो मिनेटमै इंगल्याण्डले अग्रता लिएको थियो । लुक श ले किरन ट्रिपिएरको पासमा गोल गर्दै घरेलु टोली इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि श को पनि पहिलो गोल थियो । सम्हालिन नपाउँदै सुरुमै गोल खाएपछि इटली बराबरी गोल फर्काउनतर्फ लाग्यो ।

पहिलो हाफमा इंग्ल्याण्डले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा थप गोल गर्न सकेन । इटलीले भने दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६७औं मिनेटमा लियोनार्दो बोनुचीले मार्को भेराट्टीको पासमा इटलीका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।

इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे । जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाए । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्कियो ।

इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटली विजयी भयो । ५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो । तर पेनाल्टी सुटआउटमा सफल हुन नसक्दा पहिलो युरो जित्ने सपना पूरा हुन सकेन ।

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...