back

नयाँ युभेन्टसलाई डोर्‍याउन तयार वेम्बली नायक फेडेरिको किएसा

846
shares
sivam siment- long add

काठमाडौँ । युरो २०२० सकिएसँगै युरोपका क्लबहरूको ‘प्रि-सिजन’ सुरु भएको छ । अनि यससँगै खेलाडी स्थान्तरणका खबरहरू पनि आउन थालेका छन् । यस्तोमा युभेन्ट्सका फेडेरिको किएसा बार्यन म्युनिखसँग जोडिएका छन् ।

युरोमा इटालीका लागि सशक्त खेल देखाएका किएसाको सर्वत्र प्रशंसा भएको छ । प्रशंसा गर्ने सूचीमा बार्यनका नयाँ प्रशिक्षक युलियान नागल्सम्यान पनि छन् । ‘मैले लामो समयदेखि उनको खेल हेर्दै आएको छु । उनी प्रतिभाशाली खेलाडी भएकोमा शंका छैन । विशेषगरी वान-भर्सेस-वानमा उनी खतरनाक देखिन्छन् । अनि विपक्षीको पोष्टमा बल प्रहार गर्न धेरै समय लगाउँदैनन्,’ नागल्सम्यानले जर्मन अखबार बिल्डसँग भनेका छन् ।

बार्यन प्रशिक्षक युभेन्टसका खेलाडीलाई आफ्नो टिममा लिन लालयित पनि हुनसक्छन् । तर यसो भन्दैमा किएसालाई बायर्नले अनुबन्ध गर्न सक्छ भन्‍ने होइन । हुन त उनीसँग जोडिएका अन्य क्लबका लागि पनि यथार्थ यही हो ।
पछिल्लो समय चेल्सीले पनि किएसालाई अनुबन्ध गर्न चाहेको खबर आइरहेको छ । जर्मन अखबार बिल्डले चेल्सीले किएसाको विषयमा युभेन्टससँग सम्पर्क गरेको लेखेको छ । तर गोल डटकमका अनुसार बिल्डको रिपोर्टमा कुनै सत्यता छैन । अनि युभेन्टस कुनै पनि हालतमा किएसालाई क्लबमा राख्न चाहन्छ । १० करोड युरोको प्रस्ताव नै आए पनि युभेन्टसले किएसालाई नबेच्‍न प्रतिबद्धता गरेको छ ।

हो, यसपटकको सरुवा बजारमा किएसाको माग ह्वात्तै बढेको छ । यसको एउटा कारण, उनले युरोमा देखाएको प्रदर्शन हो । हुन पनि किएसाले युरोमा गज्जब कै खेल देखाए । नकआउटमा अस्ट्रिया र स्पेनविरुद्ध गोल गरे । इंग्ल्यान्डविरुद्धको फाइनल दौरान भने उनी घाइते बने । र, ८६ औँ मिनेटमा मैदान छाडे । तर त्यसअघि भने उनी इटालियन अग्रपंक्तिको केन्द्रविन्दु रहेका थिए ।

उपाधि भिडन्तमा पूरा समय मैदानमा नरहे पनि इटालियन सञ्चार माध्यममा किएसाको प्रशंसा गरियो । ‘किएसालाई सधैँभरी वेम्बलीका नायकका रुपमा सम्झिइनेछ,’ गाज्जेटा डेलो स्पोर्टले लेखेको छ । किएसा युरोका कारण मात्रै चर्चामा आएका भने होइनन् । उनलाई केही वर्षअघि नै, इटालियन फुटबलको भविष्य मानिएको थियो । इटालीले सन् २०१९ मा अन्डर-२१ युरोपियन च्याम्पियनसिप जित्दा किएसा टिमका मुख्य खेलाडी थिए । त्यसपछि उनको यात्रा मोडियो युभेन्टसतर्फ । फियोरेन्टिनाबाट किएसा टुरिन त जाने भए तर ‘लोन’मा । दुई वर्षका लागि ‘लोन’ र त्यसपछि स्थायी स्थान्तरण, युभेन्टसले किएसाका लागि बनाएको योजना यही हो ।

किएसालाई ऋणमा अनुबन्ध गर्दा युभेन्टसले सिरी ‘ए’ कै फियोरेन्टिनालाई एक करोड युरो तिरेको छ । अब सन् २०२३ मा थप चार करोड युरो तिर्दै उसले २३ वर्षीय फरवार्डलाई स्थायी रुपमा आफ्नो खेलाडी बनाउनेछ । आफूलाई आर्थिक भार नपरोस भनेर युभेन्टसले यस्तो जुक्ति निकालेको हो ।

युभेन्टसले किएसाका लागि पाँच करोड खर्च गरेको धेरैलाई चित्त बुझेको छैन । युभेन्टसकै पूर्व खेलाडी क्लाउडियो मारचिसोले पनि किएसा खरिद गर्ने निर्णयमाथि प्रश्न उठाएका थिए । मुख्यतः उनको प्रश्न युवा किएसाका लागि तिरिएको स्थान्तरण रकममाथि थियो । अनि ठूलो रकम तिरेर अनुबन्ध गरेका खेलाडीले पर्याप्त खेल्ने मौका पाउँछन् वा पाउँदैनन् भन्‍ने पनि उनको चिन्ता थियो ।

हुन पनि युभेन्टसमा पहिलेबाटै पर्याप्त खेलाडी थिए । त्यो पनि नाम चलेको । यस्तोमा ‘किएसाले खेल्न पाउँछन् त ?’ भन्‍ने प्रश्न जायज थियो । किएसाले कुन पोजिसनबाट खेल्न पाउँलान् भन्‍ने जिज्ञासा पनि थियो । त्यस्तो जिज्ञासाको जवाफ उनले लेफ्ट विङगर, राइट विङगर, विङब्याक जुनसुकै पोजिनबाट खेलेर दिए । युभेन्टसको अग्रपंक्तिलाई बलियो बनाउन उनको भूमिका उल्लेख्य रह्यो । हो, युभेन्टसमा सर्वाधिक गोल गर्ने खेलाडी, क्रिस्टियानो रोनाल्डो बने । तर महत्वपूर्ण खेलहरूमा किएसाले युभेन्टसलाई डोर्‍याएकै हुन् ।

युभेन्टसले रोनाल्डोमाथि ठूलो खर्च गरेको छ । च्याम्पियन्स लिग जित्ने महत्वकांक्षाले । तर लक्ष्य प्राप्त भएको छैन । यस्तोमा युभेन्टसले रोनाल्डोलाई बेच्‍नसक्ने हल्ला पनि चलेको थियो । ३६ वर्षिय रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छा कुनै क्लबले देखाइहालेको भने छैन । कमसेकम औपचारिक रुपमा । हुन त रोनाल्डो जस्ता स्टारमाथि अन्य ठूला क्लबको चासो रहन्छ नै । तर कोभिड-१९ का कारण कुनै पनि धनी क्लब अत्याधिक खर्चिलो हुने धेयमा छैनन् । यद्यपि कुनै क्लब रोनाल्डो खरिद गर्ने प्रस्ताव बोकेर आए, युभेन्टसले स्वागत गर्नेछ ।
जस्तै, च्याम्पियन्स लिगमा एफसी पोर्टोविरुद्ध । पहिलो लेगमा उनले एक गोल गरे । अनि दोस्रो लेगमा दुई गोल थपे । युभेन्टसलाई क्वार्टरफाइनल पुर्‍याउन किएसाले भरमग्दुर प्रयास गरे । सिरी ‘ए’ मा पनि उनले गरेको प्रदर्शन सम्झनलायकको छ । गत सिजन सबैखाले प्र्रतियोगितामा गरी उनले कुल १५ गोल गरे । अनि ११ अस्सिट पनि उनको नाममा छ । त्यसकारण, युरोमा आएर मात्रै उनी सबैको नजरमा परेका होइनन् ।

किएसाले क्लब फुटबल र अन्तराष्ट्रिय फुटबल, दुवैमा आफ्नो प्रतिभा देखाइसके । उनको प्रतिभामाथि शंका गर्ने सायदै कोही बाँकी होलान् । यस अर्थमा उनी युभेन्टसका लागि अर्को सिजन मुख्य अस्त्र बन्‍ने पक्का छ । हुन त रोनाल्डो पनि युभेन्टसमै रहनेछन् । तर युभेन्टसको अग्रपंक्ति किएसा वरिपरी निर्माण गर्नुपर्ने अवस्थामा छन्, मासिमिलियानो एलेग्री । किनभने युभेन्टसका लागि रोनाल्डो दिर्घकालिन योजना होइनन् ।

सन् २०१८ मा रियल म्याड्रिडबाट इटाली पुगेका रोनाल्डो युभेन्टस समर्थकमाझ लोकप्रिय छन् । उनले आफ्नो गोल गर्ने क्षमतालाई गुमाएका छैनन् । तर युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन भने असमर्थ हँुदै आएका छन् । गत सिजन त सिरी ‘ए’ मै पनि युभेन्टसको प्रदर्शन सोचे अनुरुपको भएन । झन्डैले चौँथो स्थान गुमायो ।

युभेन्टसले रोनाल्डोमाथि ठूलो खर्च गरेको छ । च्याम्पियन्स लिग जित्ने महत्वकांक्षाले । तर लक्ष्य सफल भएको छैन । यस्तोमा युभेन्टसले रोनाल्डोलाई बेच्‍नसक्ने हल्ला पनि चलेको थियो । ३६ वर्षिय रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छा कुनै क्लबले देखाइहालेको भने छैन । कमसेकम औपचारिक रुपमा । हुन त रोनाल्डो जस्ता स्टारमाथि अन्य ठूला क्लबको चासो रहन्छ नै । तर कोभिड-१९ का कारण कुनै पनि धनी क्लब अत्याधिक खर्चिलो हुने धेयमा छैनन् । यद्यपि कुनै क्लब रोनाल्डो खरिद गर्ने प्रस्ताव बोकेर आए, युभेन्टसले स्वागत गर्नेछ ।

युभेन्टसमा सर्वाधिक कमाउने खेलाडी रोनाल्डो नै हुन् । उनको वार्षिक तलब तीन करोड युरो भन्दा बढी छ । अनि उनलाई अनुबन्ध गर्न चाहने क्लबले युभेन्टसलाई दुई करोड ९० लाख युरो स्थान्तरण रकम पनि तिर्नुपर्नेछ । यस्तोमा रानाल्डो बेचिने भन्दा एक वर्षपछि ‘फ्रि-एजेन्ट’का रुपमा नयाँ क्लबतर्फ लाग्ने सम्भावना बढी छ ।

कोभिड-१९ महामारीका कारण आर्थिक नोक्सान व्यहोरिरहेको युभेन्टस आफ्ना केही खेलाडीलाई बेच्‍न चाहन्छ । ती खेलाडी मेरिह डेमिराल, आरोन राम्से लगायत हुन् । हालसम्म यी खेलाडीमाथि कुनै क्लबले चासो देखाएको छैन । यसकारण, युभेन्टसले नयाँ खेलाडी खरिद गर्ने आँट गर्न सकेको छैन । किनभने उसको नीति, खेलाडी बेच्‍ने अनि किन्‍ने हो ।

यसो भन्दैमा युभेन्टस कुनै नयाँ खेलाडी पहिचान नगरी बसेको चाँहि छैन । हाल उसको नजर इटालीकै मिडफिल्डर म्यानुएल लोकाटेलीमाथि । सासुआलो, लोकाटेलीलाई क्लब छाड्न दिन तयार छ । तर उसको शर्त छ, उचित मूल्य । युभेन्टसप्रति लोकाटेली आकर्षित छन् । नहुन पनि किन, युभेन्टस समर्थक नै भएपछि । तर उनीमाथि नजर आर्सनलको पनि छ । यहाँ फुटबल बजारको नियम हाबी हुनसक्छ । त्यो भनेको, जो तोकिएको रकम तिर्न राजी हुन्छ, खेलाडी उसकै । तर यसो भनिरहँदा आर्सनलको ‘मेन्यू’मा च्याम्पियन्स लिग छैन, लोकाटेलीलाई फकाउन । युभेन्टस भने च्याम्पियन्स लिगमा छ ।

अब के त ? किएसका कै उमेर भएका र युरोमा समान दुई गोल गरेका मिडफिल्डरको नयाँ गन्तब्य कसरी निक्र्योल हुन्छ ? यहाँ एउटा उपायको प्रयोग हुनसक्छ । युभेन्टसले आफ्ना कुनै खेलाडी र तोकिएको भन्दा केही कम रकम तिरेर लोकाटेलीलाई आफ्नो बनाउन सक्छ । युभेन्टस सफल भएमा इटालीको सर्वाधिक सफल क्लबमा प्रतिभाशाली युवा खेलाडीको संख्या बढ्नेछ ।

युभेन्टसमा पहिलाबाटै डेयान कुलुसेभेस्की छन् । २१ वर्षिय स्विडिस विङगरको खेल शैली किएसाको जस्तै छ । अनि यही टिममा डच रक्षक माथ्थिस डे लिट पनि छन् । जो २१ वर्ष कटेका छैनन् । अब प्रश्न उठ्छ, युवा खेलाडीहरूले भरिएको युभेन्टस च्याम्पियन्स लिग जित्ने लक्ष्यमा सफल होला ? जवाफ सायदै कोहीसँग होला । तर लक्ष्य च्याम्पियन्स लिग नै हो । अनि सिरी ‘ए’ पनि । त्यसैले त युभेन्टसले प्रशिक्षक परिवर्तन गरेको हो । च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका र कयौँ पटक लिग जिताएका एलेग्रीलाई क्लबमा फर्काइएको हो ।

तर आगामी बाटो एलेग्रीका लागि सजिलो छैन । कारण उनको क्षमता होइन । बरु युभेन्टसको असन्तुलित टिम हो । उनी उपलब्ध खेलाडी अनुसारको खेल शैली, संरचना र रणनीति छान्‍न माहिर छन् । युभेन्टसमा भएका फरवार्डहरूका कारण, एलेग्रीका लागि ४-२-३-१ संरचना उपयुक्त हुनसक्छ । तर टिममा भएका मिडफिल्डरहरू ४-३-३ मा फिट हुन्छन् । उसो त युभन्टेस रक्षापंक्तिमा तीन सेन्ट्रल डिफेन्डर खेलाउने टिम पनि हो । यस्तोमा एलेग्रीको योजना कस्तो हुन्छ, प्रि-सिजनले प्रष्ट पार्ला ।

अब कुरा फेरि किएसाकै । एलेग्रीले युभेन्टसलाई सफल बनाउने हो भने, मुख्य भूमिका किएसाकै हुनसक्छ । रोनाल्डोले इटाली नछाड्ने निणय गरे पनि । यति अनुमान गर्न गाह्रो छैन । किनभने वेम्बलीका नायक फेरिएको युभेन्टसमा पनि नायक हुन तयार छन् । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...