back

सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

सन्दीप आज वा भाेलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए । ‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछाैँ’ उनले भने ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । उनी ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए ।

सन्दीप सम्मिलित टिमले यही जुलाई २२ मा पहिलो खेल खेल्दैछ । असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरेपछि भिसा समस्या आएको हो ।

यसअघि पनि भिसा र पासपोर्टको ढिलाइका कारण सन्दीपले इंग्ल्याण्डमै भइरहेको दी भाइटालिटी ब्लास्ट गुमाइसकेका छन् ।


जिम्बाब्वेसँगकाे पहिलाे टी–२० बङ्गलादेशले आठ विकेटले जित्याे

जिम्बाब्वेसँगकाे पहिलाे टी–२० बङ्गलादेशले आठ विकेटले जित्याे

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१६

काठमाडौँ । जिम्बाब्वेसँगको पहिलो टी–२० क्रिकेट बङ्गलादेशले आठ विकेटले जितेको छ...

नयाँ युभेन्टसलाई डोर्‍याउन तयार वेम्बली नायक फेडेरिको किएसा

नयाँ युभेन्टसलाई डोर्‍याउन तयार वेम्बली नायक फेडेरिको किएसा

वि.सं.२०७८ साउन ४ सोमवार १०:५४

काठमाडौँ । युरो २०२० सकिएसँगै युरोपका क्लबहरूको ‘प्रि-सिजन’ सुरु...

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले ५३ वर्षपछि जित्यो युरोकपको उपाधि

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले ५३ वर्षपछि जित्यो युरोकपको उपाधि

वि.सं.२०७८ असार २८ सोमवार १७:५३

काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप...

अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा

अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा

वि.सं.२०७८ असार २७ आइतवार २२:४३

काठमाडौँ  । दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा  अर्जेन्टिनाले...

युरोकप २०२० को उपाधिका लागि इङ्ग्ल्यान्ड र इटली खेल्दै

युरोकप २०२० को उपाधिका लागि इङ्ग्ल्यान्ड र इटली खेल्दै

वि.सं.२०७८ असार २७ आइतवार २२:३३

काठमाडौँ । युरोकप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड...

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

वि.सं.२०७८ असार २५ शुक्रवार १४:५१

काठमाडौँ । एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपाल...