back

क्योकुशिन–सेईसिन काईकान कराँते संघको २ नं. प्रदेश कमिटी गठन

sivam siment- long add

बिरगञ्ज । हिजो शनिवार एक कार्यक्रमको आयोजना गरि क्योकुशिन–सेईसिन काईकान कराँते संघको २ नं. प्रदेश कमिटी गठन गरिएको छ । संघको केन्द्रिय अध्यक्ष तथा विश्व क्योकुशिन काई कराँते महासंघका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा प्रदेश कमिटी पर्सा जिल्लाको बिरगंजमा गठन गरिएको हो ।


२ नं प्रदेशका विभिन्न जिल्लाबाट सहभागी प्रशिक्षक, खेलाडी तथा खेलप्रेमी व्यावसायी तथा समाजसेवीहरुको उपस्थिती रहेको उक्त भेलाको सर्वसम्मतिबाट खेलप्रेमी तथा समाजसेवी एम.डी.बरुद्धिन अन्सारीको अध्यक्षतामा ३३ सदस्यीय संघको २ नं.प्रदेश कार्यसमितिको गठन गरेको छ ।


उक्त कार्यसमितिमा उपाध्यक्षमा क्रमशः अजय महतो धानुक, भरत गुप्ता, बिशाल कुमार, शक्ति अग्रवाल, बलराम मण्डल, हिरा चौरसिया, सचिवमा रबि पटेल, सहसचिवमा देवेन्द्र सहनी, कोषाध्यक्षमा यम कुमारी श्रेष्ठ, सहकोषाध्यक्षमा निरंजन चौधरी तथा सदस्यहरुमा समुन्द्र भट्ट, सुजित कुमार शाह, मिथिलेस महतो, ध्रुव क्षेत्री, साहिल श्रेष्ठ, बिशाल कुशवार, मनिष धामी, राहुल राउत, रवि किशन यादव, शिव कुमार रजक, ईकराम अलि अहमद, अलि हसन मिया मन्सुरी, गोविन्द सराफ, मन्जित बर्नवाल, सुरज यादव, राकेश पटेल, सजिता श्रेष्ठ, प्रिती सराफ, लालमुनी देवी, खु्शी पाण्डे, निशा मण्डल, अन्तिमा चौरसिया रहेका छन् ।

प्रमुख प्रशिक्षकमा राजेश महतोलाई मनोनित गरिएको छ । त्यसैगरी उक्त कमिटीको सल्लाहकारहरुमा समाजसेवी तथा खेलप्रेमीहरु खुरम आलम, राजु गुप्ता, चन्दन गुप्ता, जावेद अलि, अजय भावव रहेका छन् । भने कानुनी सल्लाहकारमा अधिवक्ता निरज गुप्ता मनोनित भएका छन् ।


नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको २ नं प्रदेश समितिमा मनोनित सम्पूर्ण पदाधिकारीहरु तथा सदस्यहरुलाई केन्द्रिय अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा अबिरको टिका तथा महासचिव प्रविण बस्नेतले खदा ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य रामशरण राणा, ललितपुर जिल्ला अध्यक्ष हेराकाजि देशार, महोत्तरी अध्यक्ष देवेन्द्र सहनि, रुपन्देही अध्यक्ष गोविन्द राज जोशी, पर्सा अध्यक्ष रबि पटेल, बारा अध्यक्ष राजेश महतो लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

ime pay- long

ime pay- long
स्कटल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा जिम्बाब्वे पराजित

स्कटल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा जिम्बाब्वे पराजित

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:०८

काठमाडौं । जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्डले ७ रनको...

अमेरिकामाथि नेपालको शानदार जित

अमेरिकामाथि नेपालको शानदार जित

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:०४

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय...

पीएनजी विरुद्धको दोस्रो खेलमा नेपाल १५१ रनले विजयी

पीएनजी विरुद्धको दोस्रो खेलमा नेपाल १५१ रनले विजयी

वि.सं.२०७८ भदौ २७ आइतवार १५:०७

काठमाडौं । पीएनजी विरुद्धको दोस्रो खेलमा नेपाल १५१ रनले विजयी...

मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्ने, ११ जना मन्त्री थपिँदै

मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्ने, ११ जना मन्त्री थपिँदै

वि.सं.२०७८ भदौ २३ बुधवार १२:००

काठमाडौं ।  वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको...

नेपालले पिएनजीलाई २ विकेटले हरायो

नेपालले पिएनजीलाई २ विकेटले हरायो

वि.सं.२०७८ भदौ २३ बुधवार ०९:२६

काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल...

साफ च्याम्पियनशिपमा नेपालले पहिलाे खेल आयाेजक माल्दिभ्ससँग खेल्ने

साफ च्याम्पियनशिपमा नेपालले पहिलाे खेल आयाेजक माल्दिभ्ससँग खेल्ने

वि.सं.२०७८ भदौ २ बुधवार २३:३६

काठमाडौं । पाँच देशको सहभागिता निश्चित भएको १३ औँ...