back

पीएनजी विरुद्धको दोस्रो खेलमा नेपाल १५१ रनले विजयी

966
shares
sivam siment- long add

काठमाडौं । पीएनजी विरुद्धको दोस्रो खेलमा नेपाल १५१ रनले विजयी भएको छ । गएराति भएको खेलमा नेपाल विजयी भएको हो ।

एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक कुनै पनि टिमविरुद्ध यति ठूलो रन अन्तरले जित हात पारेको हो । नेपालको कीर्तिमानी जितबारे विभिन्न विदेशी सञ्चारमाध्यमले पनि समाचार प्रकाशित गरेका छन् ।

पीएनजीजविरुद्धको दोस्रो खेलमा पनि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे । सस्तैमा दुई विकेट गुमाएको नेपालको पारी रोहित र कप्तान ज्ञानेन्द्र मल्ले सम्हाले । यो जोडीबीच तेस्रो विकेटका लागि ८९ रनको साझेदारी बन्यो ।

रोहितले नेपाललाई फराकिलो जित दिलाउन अहम् पारी खेले । उनले १२३ बलमा तीन छक्का र दुई चौकासहित ८६ रन बनाए । अघिल्लो खेलमा रोहितले सर्वाधिक ४१ रन बनाएका थिए ।

पीएनजीजसँगको दोस्रो म्याच जिताउन पनि सन्दीपको भूमिका महत्वपूर्ण रह्यो । उनले ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिए ।

एकदिवसीय क्रिकेटमा यो सन्दीपको करियरकै उच्च बलिङ प्रदर्शन हो । यसअघि यो प्रारूपमा उनको उत्कृष्ट बलिङ १६ रन दिएर ६ विकेट लिनु थियो ।

पीएनजीसँगको दोस्रो खेलमा नेपाल १५१ रनले विजयी भयो । गएराति भएको खेलमा नेपालले पीएनजीमाथि कीर्तिमानी जित हासिल गरेको हो ।

हालसम्म नेपालले एकदिवसीय क्रिकेटमा कुनै पनि टिमविरुद्ध यति फराकिलो रन अन्तरले जित हात पारेको थिएन । पीएनजीलाई फराकिलो रनअन्तरले हराएपछि सन्दीपले प्रतिक्रिया दिएका छन् ।

‘पीच ब्याटिङ अनुकूल नै थियो । बलिङमा सुरूदेखि नै सोमपाल र विक्रम दाईले ब्याट्सम्यानलाई दबाबमा राखे,’ उनले भने, ‘ड्यू फ्याक्टर नुहँदा स्पिनरलाई पनि बलिङ गर्न सहज भयो ।’

सन्दीपले पीएनजीसँगको दुई म्याचमा गरेको उत्कृष्ट प्रदर्शनले ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा हौसला बढाएको पनि बताए ।

‘आउने खेलहरूका लागि पीएनजीसँगको दुई म्याचले ऊर्जा दिनेछ । रोहित र ज्ञानेन्द्र दाईबीच भएको साझेदारीले टिमलाई महत्वपूर्ण फाइदा मिल्यो,’ उनले भने, ‘अन्तिममा करण दाईले राम्रो फिनिसिङ गर्नुभयो । नेपालले प्रतिस्पर्धात्मक लक्ष्य दिएपछि हामीहरूलाई पनि बलिङ गर्न सहज भयो ।’

सन्दीपले पीएनजीसँगको दुई खेलमा कूल १० विकेट लिए । उनले पहिलो खेलमा १० ओभरमा ३५ रन दिएर ४ विकेट लिएका थिए ।

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...