back

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

744
shares
sivam siment- long add

काठमाडौं । प्रचारमा आएजस्तो सगरमाथामा स्वास्थ्य जोखिम नभएको सरकारले बताएको छ । बीबीसीसहित अन्तर्राष्ट्रिय संचारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै समाचार प्रकाशन–प्रसारण गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड-१९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयले भनेको छ, ‘सम्पर्क अधिकृतले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको जानकारी प्राप्त भएको छैन ।’अहिलेसम्म ७४५ अनुमति प्राप्त आरोहीमध्ये कुनै पनि कम्पनी वा आरोहण दलको सरदारबाट टीमको कुनै पनि सदस्य कोरोना संक्रमित भई आरोहण अभियानबाट फिर्ता गर्नुपरेको रिर्पोट सरकारलाई आएको छैन ।

यसरी आएका समाचारलाई मन्त्रालयले भ्रमपूर्ण र त्रास फैलाउने खालका मात्र भएको बताएको छ । मन्त्रालयका अनुसार अहिले पर्यटन विभागबाट आरोही दलको आरोहण गतिविधि र महत्वपूर्ण समाचार नियमित रूपमा प्रवाह गर्न हरेक दलसँग एक–एक जना सम्पर्क अधिकृत खटिएका छन् । ती सम्पर्क अधिकृतका माध्यमबाट बुझ्दा हिमालमा स्वास्थ्य जोखिम नभएको मन्त्रालयले जनाएको छ ।

सगरमाथा आधार शिविरमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार आज एक टोली सगरमाथाको क्याम्प टुबाट फाइनल समिटका लागि प्रस्थान गरेको छ ।मन्त्रालयका अनुसार जारी सिजनमा ७९ मुलुकका ८६ टोलीमा कुल ७४५ जनाले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन् । सबै आरोहीहरू पीसीआर नेगेटिभ रिर्पोट लिएर आरोहणमा गएका हुन् ।

ime pay- long

ime pay- long
सिटिजन्स बैंक र  त्रिपुरा रिसोर्ट बीच सेवा सुबिधामा सम्झौता

सिटिजन्स बैंक र त्रिपुरा रिसोर्ट बीच सेवा सुबिधामा सम्झौता

वि.सं.२०७९ वैशाख १९ सोमवार २२:२८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिपुरा रिसोर्ट...

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

वि.सं.२०७८ फागुन २२ आइतवार १८:५०

महेन्द्र श्रेष्ठ, दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

आकाश नखुल्दा बिहानको आन्तरिक उडान प्रभावित

आकाश नखुल्दा बिहानको आन्तरिक उडान प्रभावित

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०८:५५

काठमाडौं । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक...

अन्नपूर्ण आधारशिविर असोज पहिलो साताबाट खुल्ने

अन्नपूर्ण आधारशिविर असोज पहिलो साताबाट खुल्ने

वि.सं.२०७८ भदौ २८ सोमवार १९:३२

गण्डकी ।  कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो...

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

वि.सं.२०७८ साउन ९ शनिवार १८:३२

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा...

ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

वि.सं.२०७८ जेठ १६ आइतवार २१:५७

साेलुखुम्बु ।  सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको...