back

उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई निर्वाध काठमाडौं आउन दिइने

2.3K
shares
sivam siment- long add

काठमाडौं । उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने भएका छन् । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न कतिपय जिल्लामा निषेधाज्ञा जारी गर्दा आवागमन प्रभावित भएका छन् । यसबाट नेपालको भ्रमणमा रहेका पर्यटक समेत प्रभावित भएका छन् ।

यात्रामा लागेको प्रतिवन्धका कारण विदेशी पर्यटक काठमाडौं र्फकन कठिनाई आएको गुनासो आएपछि गृह मन्त्रालयले विदेशी पर्यटकको आवागमन सहज बनाउन मातहतका निकायलाई अनुरोध गरेको हो ।
पर्यटकको पासपोर्ट र भिसा हेरेर उनीहरुलाई काठमाडौं पठाइने भएको छ । सम्बन्धित मुलुक र्फकने पर्यटकलाई हवाई टिकटका आधारमा समेत पठाइने भएको छ ।

उनीहरुलाई नियमानुसार काठमाडौंमा होटेल क्वारेन्टिनमा बस्ने गरि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशन दिएको छ । प्रारम्भमा काठमाडौं उपत्यकाका एक साताको लकडाउन गरेको सरकारले आजबाट लकडाउन बढाएर वैशाख २९ सम्म पुर्‍याएको छ ।

यसले नेपाल भ्रमणमा आएका पर्यटकहरुको समेत यात्रा प्रभावित भएको छ । अध्यागमन विभागका अनुसार अपरिल महिनामा मात्र साढे २२ हजार पर्यटक नेपाल आएका छन् । यसमा भारतीय नागरिक बढी छन् ।

ime pay- long

ime pay- long
सिटिजन्स बैंक र  त्रिपुरा रिसोर्ट बीच सेवा सुबिधामा सम्झौता

सिटिजन्स बैंक र त्रिपुरा रिसोर्ट बीच सेवा सुबिधामा सम्झौता

वि.सं.२०७९ वैशाख १९ सोमवार २२:२८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिपुरा रिसोर्ट...

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

वि.सं.२०७८ फागुन २२ आइतवार १८:५०

महेन्द्र श्रेष्ठ, दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

आकाश नखुल्दा बिहानको आन्तरिक उडान प्रभावित

आकाश नखुल्दा बिहानको आन्तरिक उडान प्रभावित

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०८:५५

काठमाडौं । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक...

अन्नपूर्ण आधारशिविर असोज पहिलो साताबाट खुल्ने

अन्नपूर्ण आधारशिविर असोज पहिलो साताबाट खुल्ने

वि.सं.२०७८ भदौ २८ सोमवार १९:३२

गण्डकी ।  कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो...

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

वि.सं.२०७८ साउन ९ शनिवार १८:३२

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा...

ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

वि.सं.२०७८ जेठ १६ आइतवार २१:५७

साेलुखुम्बु ।  सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको...