ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो
shares

साेलुखुम्बु । सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको शव उद्धार गरी काठमाण्डाै ल्याइएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाण्डाै ल्याइएको हो ।
सगरमाथा आरोहणमा जाने क्रममा गएकाे वैशाख २९ गते साँझ ६ः०० बजेकाे समयमा चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिनुभयो ।
मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाण्डाै ल्याइएको छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।
सगरमाथा आरोहण सुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको ज्यान गएकाे छ । स्विट्जरल्यान्डका नागरिक अब्दुल वारिचको पनि गएकाे वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा ज्यान गएकाे थियो ।
यही जेठ ४ गते सङ्खुवासभा घर भएका टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर ज्यान गएकाे प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ जेठ १६ आइतवार २१:५७