back

अन्नपूर्ण आधारशिविर असोज पहिलो साताबाट खुल्ने

1.89K
shares
sivam siment- long add

गण्डकी ।  कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ। कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो। 

विश्वकै उत्कृष्ट १० मध्येको उक्त  पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा  खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले बताए।
    
‘पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं’, उनले भने,’पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशङ्का लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ।’
    
नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो। यहाँ आउनेलाई पर्याप्त सुविधा उपलब्ध गराउन पर्यटन पूर्वाधार विस्तार  गर्न व्यवसायी सक्रिय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गु्रुङले जानकारी दिए। सो क्षेत्रका २६ होटेलले पर्यटकलाई सेवा दिइरहेका छन्।  अन्य १० होटेल थप्ने भनिए पनि कोरोनाले त्यो सम्भव भएन। चार दशकअघि उक्त आधारशिविर जाने पर्यटक त्यहाँका भेँडीगोठ र चित्रा-भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो।

विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन्। एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरसम्म होटेल चलेका थिए। मापदण्डअनुसार प्रत्येक होटलमा ६ सहित १५६ कोठामा पर्यटक बस्न सकिने व्यवस्था छ। 

कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण  गर्ने  उक्त  क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवर्द्धनलगायतमा सहयोग पुर्‍याउने उद्देश्यले २०७४ सालदेखि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव थालिएको छ। गएको दुई वर्ष सो महोत्सव स्थगित भयो।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो। आठ हजार ९१ मिटर उचाइको सो हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए। अन्नपूर्ण आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि सो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनियो। घान्द्रुकबाट अन्नपूर्ण आधार शिविरसम्म पुग्न बाह्यले सामान्यतः चार र आन्तरिक पर्यटकले तीन दिन लगाउँछन्।

विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीय परिकार खानुपर्ने बाध्यता थियो। पछिल्ला वर्षमा यहाँका होटेलले विदेशी परिकार पनि पस्कन थालेका छन्। 

ime pay- long

ime pay- long
सिटिजन्स बैंक र  त्रिपुरा रिसोर्ट बीच सेवा सुबिधामा सम्झौता

सिटिजन्स बैंक र त्रिपुरा रिसोर्ट बीच सेवा सुबिधामा सम्झौता

वि.सं.२०७९ वैशाख १९ सोमवार २२:२८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिपुरा रिसोर्ट...

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

वि.सं.२०७८ फागुन २२ आइतवार १८:५०

महेन्द्र श्रेष्ठ, दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

आकाश नखुल्दा बिहानको आन्तरिक उडान प्रभावित

आकाश नखुल्दा बिहानको आन्तरिक उडान प्रभावित

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०८:५५

काठमाडौं । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक...

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

वि.सं.२०७८ साउन ९ शनिवार १८:३२

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा...

ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

वि.सं.२०७८ जेठ १६ आइतवार २१:५७

साेलुखुम्बु ।  सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको...

उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई निर्वाध काठमाडौं आउन दिइने

उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई निर्वाध काठमाडौं आउन दिइने

वि.सं.२०७८ वैशाख २४ शुक्रवार २१:४७

काठमाडौं । उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं...