back

लाइसेन्सको माग धान्न नसकेपछि नयाँ मास प्रिन्टर ल्याउँन यातायातले गरे टेण्डर आह्वान

504
shares
sivam siment- long add

काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ मास प्रिन्टर खरिदका लागि टेन्डर आह्वान गरेको छ । विभागले यो आर्थिक बर्षको बार्षिक कार्यक्रम अन्तर्गत नै नयाँ मास प्रिन्टर ल्याउन लागेको हो । आगामी मंसिर २८ गतेसम्म आवेदन दिन सकिने उक्त टेण्डरमा एउटै प्रक्रियामार्फत २ ओटा सिल गरिएको खाममा आवेदन दिनु पर्नेछ । एउटा खाममा प्राविधिक तथा अन्य बीड राख्नुपर्नेछ भने अर्काेमा मूल्यको बारेमा राख्नुपर्ने विभागले जानकारी दिएको छ ।

पछिल्लो समय सवारी चालकको संख्या बढ्दै गएपछि अनुमतिपत्र बनाउनेको संख्या पनि त्यत्तिकै मात्रामा बढेको छ । तर, विभागले भने सवारीचालकलाई मागबमोजिम स्मार्टकार्ड लाइसेन्स उपलब्ध गराउन सकेको छैन ।

हाल विभागसँग भएको एउटा मात्रै मास प्रिन्टरमार्फत प्रतिदिन ४ हजारदेखि ४५ सयसम्म स्मार्टकार्ड लाइसेन्स छपाई हुन्छ । तर, लाइसेन्सको दैनिक माग भने करिव ९ हजारसम्म छ । यसको ग्याप परिपूर्ति गर्न विभागले नयाँ मास प्रिन्टरका लागि टेन्डर आह्वान गरेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए । ‘हाल हामीले छाप्ने लाइसेन्सभन्दा माग दोब्बरले बढी छ जसको कारण हो मेसिनको कमी,’ उनले भने, ‘अब नयाँ मेसिन ल्याएपछि त्यसमा सहजीकरण हुने अनुमान गरिएको छ ।’

यसअघि गत साउनमा नेपाल भित्र्याईएको मास प्रिन्टर ईटालीको माटिका कम्पनीमार्फत ल्याईएको हो । हाल उक्त प्रिन्टरले भनेबमोजिम नै काम गरिरहँदा पनि मागअनुसार लाइसेन्स छाप्न सकिएको छैन । सरकारले नै मागबमोजिम स्मार्ट लाइसेन्स छाप्न प्रिन्टर खरिद गर्नेगरी बजेट भाषणमार्फत नै १० करोड रुपैयाँ छुट्याएको छ । यसमा आवेदन दिने कम्पनीले सेक्युरिटीका लागि भन्दै २३ लाख रुपैयाँ जम्मा गर्नुपर्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

गत बर्ष फ्रान्सेली कम्पनीले नेपाल ल्याएको १४ लाख स्मार्टकार्ड छपाई गरेर वितरणको अन्तिम चरणमा छन् । विभागले पुनः १२ लाख स्मार्टकार्ड ल्याउनेगरी टेन्डर आह्वान गरी त्यसको प्राविधिक विश्लेषण गरिरहेको छ । यसरी आएका स्मार्टकार्ड लाई लाइसेन्सका रुपमा प्रिन्ट गरेर विभागले यातायात कार्यालयहरुमा पुर्याउँछ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

वि.सं.२०८० असार ८ शुक्रवार १०:५८

बिके पासा ✍बिके पासा । दोलखा शहरमा मनाइने जात्रापर्व...