back

टर्कीमा शक्तिशाली भूकम्प, करिब ५०० जनाको ज्यान गएको छ

510
shares
sivam siment- long add

काठमाडौँ । टर्कीमा शक्तिशाली भूकम्पका कारण करिब ५०० जनाको ज्यान गएको छ। टर्की र सिरियाको भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएको छ ।हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। राष्ट्रपति रेजेप तयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।”

उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए

भूकम्प गएको स्थान दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ। कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्। दियारबाकरस्थित बीबीसी टर्कीश संवाददाताका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ।

गाजा स्ट्रिपमा रहेका बीबीसीका एक कार्यक्रम उत्पादक रुश्दी अबु अलौफले आफू बसेको घर करिब ४५ सेकेन्ड हल्लिएको बताए। टर्कीका भूकम्पविद्ले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

वि.सं.२०८० असार ८ शुक्रवार १०:५८

बिके पासा ✍बिके पासा । दोलखा शहरमा मनाइने जात्रापर्व...