back

मुख्य उदेश्य भनेकै अमेरिकामा बसोबास गरि रहेका संखुवासभाका जनताहरुलाई एकिकृत गर्ने हो —महासचिव तामाङ

1.6K
shares
sivam siment- long add


संखुवासभा जिल्ला पाचखपन नगरपालिका वडा नम्बर ४ पिप्लेटार , तत्कालिन सुर्य आवासीय बिद्यालय खाँदबारीका प्रिन्सिपल, बरुण क्याम्पस खाँदबारीका सह प्राध्यापक समेत भइसक्नु भएका तामाङ हाल अमेरिकाका स्थायी बासी हुन् । उनी अमेरिकास्थित संखुवासभा अमेरिका जनसम्पर्क समितिको महासचिव हुनुहुन्छ । आफ्नो जिल्ला तथा देशको कला संस्कृतिलाई अमेरिकामा समेत जर्गेना गरि रहनु भएका समाजसेवी पदमराज तामाङसँग समय सान्दर्भिक अनलाईनले गरेको कुराकानीका प्रस्तुत गरिएको छ ।

अमेरिकामा संखुवासभा अमेरिका जनसम्पर्क समिति गठन गर्नुको मुख्य उदेश्य के हो ?

संखुवासभा अमेरिका जनसम्पर्क समिति गठनको उद्देश्य र औचित्यको बारेमा भन्नुपर्दा खासगरी चारवटा उद्देश्य र विचार लिएर संस्था गठन गरिएको हो । संखुवासभा जिल्लाबाट अमेरिका आएर बसोबास गरिरहेका प्रजातान्त्रिक प्रेमी साथीहरुलाई एकिकृत गर्ने दास्रो आफ्नो जिल्ला तथा देशको सांस्कृतिक कला चालचलनलाई अमेरिकामा पनि जर्गेना र निरन्तरता दिने, तेस्रो कुरा भनेको सामाजिक र मानवीय सेवाका कामहरु गर्ने र चौथो कुरा भनेको जिल्लास्थित नेपाली कांग्रेस पार्टी तथा कार्यकर्ताहरुसँग सम्वन्ध सम्पर्कमा रहने र अमेरिकी नियम कानुनको पूर्ण पालन गर्ने ।
अमेरिकामा नेपालीहरुको सामाजिक सँस्थाहरु धेरै छन् तर तपाईले अर्काे सँस्था खोल्नुको पछाडी के कारण छ ?

अमेरिकामा नेपाली सँघसँस्थाहरु संख्याका हिसावले चाहिनेभन्दा पनि बढी छन् भन्ने कुरामा शंका छैन् तर ती अधिकांश सँघसँस्थाहरुले चाहेको उद्देश्य पुरा गर्न सकिरहेका छैनन् । तर हामीले चाहिँ आफ्नो छुट्टै उद्देश्य लिएर संस्था गठन गरिएको हाँै ।

संखुवासभा अमेरिका जनसम्पर्क समितिको सदस्य बन्न के गर्नु पर्छ ?
संखुवासभा जिल्लाबाट आएर अमेरिकामा बसोबास गर्नुहुने प्रजातान्त्रिक विचारमा आस्था राख्ने दाजुभाइ तथा दीदिबहिनीहरुले सँस्थाको आजीवन सदस्य पारिवारिक १५० अमेरिकन डलर, व्यक्तिगत (एकल) १२५ अमेरिकी डलर र साधारण तर्फ २५ अमेरिकन डलर तोकिएको छ । तोकिएको रकम तिरेर सदस्य बन्न सकिने छ ।

सँस्था गठन भएपछि कुनै सामाजिक कार्य गर्नु भएको छ ?
हाम्रो यो नवगठित संस्था हो धेरै काम गर्न भ्याएको छैन तथापि गत आषाढ २७ गते संखुवासभा जिल्लाको सिलिचुंग गाउँपालिकामा गएको पहिरो पीडितहरुलाई आर्थिक सहयोग गर्ने काम संस्थाको तर्फबाट भएको छ त्यस्तै महामानव वीपी कोईराला र लौहपुरुष गणेशमान सिंहको स्मृति दिवश जुम मिटिङ मार्फत मनाउने काम गरिएको छ । साथै यहि आउँदो शुक्रबार अक्टोबर २ तारिकका दिन नेपाली कांग्रेसका पूर्वमहामन्त्री आदरणीय नेता प्रकाशमान सिंह ज्यूको प्रमुख आथित्यमा यस संस्थाले बृहद बौद्धिक बहसको कार्यक्रम समेत जुम मार्फत आयोजना गर्दैँछ ।

संखुवासभा अमेरिका जनसम्पर्क समितिले आगामी अक्टोबर २ ,२०२० मा जुम मार्फत गर्न लागिएको अन्तरक्रिया गर्नुको कारण के हो ?
यो कार्यक्रम खासगरी नेपाली कांग्रेसको आगामी १४ औँं महाधिवेशन समेतलाई ध्यानमा राखी नेपाली कांग्रेसको नीति कार्यक्रम समाजवाद र उसले लिने अर्थनीति पार्टी भित्रको मूल्यांकन तथा अभिलेखीकरण प्रणाली, जनसम्पर्क समितिहरूको भूमिका आदि विषयमा विज्ञहरुबाट अवधारणा प्रस्तुत तथा त्यसमाथि टिप्पणी हुने र शिषस्र्थ नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्नेगरी कार्यक्रम तयार गरिएको छौँ ।

संखुवासभा अमेरिका जनसम्पर्क समिति गठन गरेको थोरै समयमा धेरै कार्य गर्नु भएको छ यो राम्रो पक्ष हो यस सँस्थाको भावी कार्यक्रमको के कस्तो रहेको छ ?
सँस्थाको भावी कार्यक्रमको कुरा गर्दा खासगरी सदस्यता वृद्धि गरी संगठनलाई फराकिलो बनाउने र सामाजिक गतिविधिहरुमा सँस्थालाई केन्द्रित गर्ने मुख्य लक्ष्य रहेको छ ।

अन्त्यमा ?
नेपालदेखि सम्पर्क गरेर आफनो र सँस्थाको कुरा राख्न दिनु भएकोमा समय सान्दर्भिक अनलाईन न्यूजलाई बिशेष धन्यवाद दिन चाहन्छु ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

वि.सं.२०८० साउन १४ आइतवार १२:५३

✍बिके पासा, दोलखा । भीमेश्वर नगरपालिकाको नामाकरण सबैको आस्थाका...