back

कालिन्चोक भगवतीको दर्शन गर्न जादाँ उतै होटल खोल्ने भावना जागेर आयो

3.46K
shares
sivam siment- long add


समय सान्दर्भिक संवाददाता
महेन्द्र श्रेष्ठ, दोलख । कोरोना भाइरस, कोभिड–१९ ले सम्पूर्ण क्षेत्रमा असर पारेको छ । त्यस्तै नेपालको पर्यटकीय क्षेत्र मध्येको एक क्षेत्र कालिन्चोक लाई पनि कोभिड–१९ ले गम्भीर असर पारेको छ । यसका बाबजुद पनि कालिन्चोकमा अव दशैंको मुखमा भीड लाग्न थालेको छ ।


मुख्यगरी दशैं–तिहार जाडो महिनामा यहाँ विशेष चहलपहल हुने गर्दछ । पर्यटकीय क्षेत्र कालिन्चोक काठमाडौंबाट करिब १४८ किलोमिटरको दुरीमा उत्तर पूर्वमा पर्दछ । यहाँका व्यवसायिक आशिष मैनाली बताउँछन्, काठमाडौंबाट त्यहाँ पुग्नको लागि सार्वजनिक बस दोलखा चरिकोटसम्म पुग्छ । त्यहाँबाट १८ किलोमिटर लोकल बसमा चढेर वा बोलेरो मार्फत कुरिसम्म पुग्न सकिन्छ । कुरीबाट कालिन्चोक मन्दिरसम्म केबलकार समेत रहेको मैनाली बताउछन् । गतवर्ष फागुनदेखि नै महामारीको हल्लाले बन्द भएको कुरि बजार लगभग ६ महिनापछि सामान्य अवस्थामा फर्किन लागेको छ । अहिले पनि सरकारको तर्फबाट कुनै सहयोग नपुगेको होटेल व्यवसाय मैनाली गुनासो गर्छन् ।
२१ वर्षको उमेरदेखि व्यवसायमा रुचि भएका मैनालीले कुमार शिवाकोटी र भरत पाण्डेलाई साथमा लिएर व्यवसाय सञ्चालन गर्ने अवसर पाए । देशमै केही गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त छन् । उनका अनुसार आफ्नै ठाउँमा केही गरौं भन्ने युवाहरुलाई सरकारबाट कुनै सहयोग प्राप्त भएको खण्डमा देशले फड्को मार्न सकने बताए ।

मैनालीका अनुसार कालिन्चोक अस्तित्व बोकेको ठाउँ हो यहाँ विगत केही वर्षदेखि पर्यटकलाई राम्रो सुविधा दिँदै आएका उनले एक होटल सञ्चालन गरेका छन् । सबैलाई सर्बसुलभ रकम लिएर खान र बस्नको राम्रो व्यवस्था गरिएको उनले जानकारी दिए । उनले भने, ‘हामीले पर्यटकलाई प्याकेजको सुविधा पनि राखेका छौं ।
गाडी पार्किङ र क्यामफायरको सुविधा पनि दिएका छौँ ।’ त्यस क्षेत्रमा पुग्दा माता कालिञ्चोक होटल याद गरे कुनै दुःख नहुने उनले भरोसा दिलाएका छन् । मान्छेहरु कालिञ्चोकमा घुम्न र भगवतीको दर्शन गर्न जाने गर्दछन् । मैनाली भन्छन, ‘भगवतीको दर्शन गरेर गरिमा रमाउनुको मज्जा नै बेग्लै छ ।
लाग्छ स्वर्ग खोज्न अन्त जानु पर्दैन हिउ आगो ताप्दै हुक्काको साथ साथै रमाउँदा साँच्चिकै स्वर्ग पुगेको अनुभूति हुन्छ । एक पटक तपाईं पनि भने स्वर्गको अनुभूति गर्ने हो कि ?’

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

वि.सं.२०८० असार ८ शुक्रवार १०:५८

बिके पासा ✍बिके पासा । दोलखा शहरमा मनाइने जात्रापर्व...