काठमाडौं लगायत देशै भरिका नदीमा पानीको सतह बढ्यो
shares
काठमाडौँ । मनसुनी वायुको प्रभावले राजधानी काठमाडौं लगायत देशै भरि अधिकांस स्थानहरुमा वर्षा भएको छ । शुक्रबार साँझ देखि नै काठमाडौं लगायत देशका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो । वर्षासंगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् ।
त्यसैगरी, काठमाडौंको वाग्मती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाडौंका विभिन्न नदी र खोलाहरुको पानी बाहिरिने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांस भूभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आह्वान पनि गरेको छ । विभागले शनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहाबमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आह्वान समेत गरेको छ ।
वि.सं.२०७८ असार १२ शनिवार १८:०४