back

सरकारको कामप्रति एमाले आक्रोशित, अफगानिस्तानमा रहेका नेपाली फर्काउन पहल नगरेको भन्दै कडा आलोचना

1.86K
shares
sivam siment- long add

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको कडा आलोचना गरेको छ । एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले अन्य मुलुकहरुले आफ्ना नागरिक फर्काउन थालिसकेको भन्दै नेपाली नागरिक फिर्ता ल्याउने बिषयमा सरकार अनुत्तरदायी बनेको भन्दै कडा आलोचना गर्नुभएको हो ।

‘अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन सरकारले कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेवार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?’ भट्टराईले बक्तब्यमा भन्नुभएको छ । अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन् । धेरै मुलुकहरुले आफ्ना देशका नागरिक धमाधम फिर्ता लगिरहेका छन् । दक्षिण एसियाली मुलुक अफगानिस्तानमा फेरि चर्किएको घरेलु द्वन्द्वसँगै बढेको राजनीतिक संकटले त्यहाँ रहेका १४ हजारभन्दा बढी नेपाली कामदारको सुरक्षाप्रति चिन्ता जगाएको छ ।

अफगानिस्तानमा रहेका बेलायत, अमेरिकासहित राष्ट्रसंघीय निकायको आग्रहमा सुरक्षा–कामदार पठाउने गरिएको छ । तर ‘ग्रिन जोन’ मै समेत आत्मघाती विस्फोटलगायतका घटनाबाट नेपालीले ज्यान गुमाइरहेका छन् । विष्मयको कुरा के छ भने, सुरक्षा–कामदार लैजानुपर्दा नेपाल सरकारलाई प्रभाव–दबाब दिने अन्तर्राष्ट्रिय निकायहरूले तिनको जीवनरक्षा तथा उद्धारका विषयमा भने सधैंजसो मौनता साध्ने गरेका छन् । ५ वर्षअघि एउटा आत्मघाती हमलामा काबुल क्षेत्रनजिकै १३ नेपाली कामदारको ज्यान गएको थियो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...