back

माधव नेपाल र महन्थ ठाकुरलाई नयाँ दल दर्ताको प्रमाणपत्र दिने : निर्वाचन आयोग

1.36K
shares
sivam siment- long add

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको छ ।

आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सामान्यता अरु कुराले रोकिएन भने सनाखतपछि टुंगिनै हाल्छ । थप बुझ्नुपर्ने भएमा चाहिं निर्णय नआउन पनि सक्छ ।’

सनाखतका लागि बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले बताए ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...