back

निर्मला पन्तको हत्यारालाई कारबाही गरिने: गृहमन्त्री लामिछाने

666
shares
sivam siment- long add

काठमाडौँ । उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् ।गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका हुन् ।

नवनियुक्त गृहमन्त्री लामिछानेको निर्णयहरु निर्मला पन्तको हत्यारा पत्ता लगाउने, कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन् । 

सोमबार गृह मन्त्रालयको पदभार ग्रहण गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले निर्मला पन्तको न्यायका लागि पहिल गर्ने पहिलो निर्णय गरेका हुन् । 

कञ्चनपुर भीमदत्त नगरपालिका-२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ साउन २०७५ मा उखुबारीमा फेला परेको थियो । पन्तको हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । 

निर्मला हत्यापछि नेपाल प्रहरीका चार जना प्रहरी महानिरीक्षक (आईजीपी) नै फेरिएका छन् । निर्मलाको हत्या हुँदा नेपाल प्रहरीका आईजीपीमा सर्वेन्द्र खनाल थिए । उनको पालामा सुल्झाउन नसकेको निर्मला पन्त बलात्कार र हत्या त्यसपछि नियुक्त अर्का आईजीपी ठाकुरप्रसाद ज्ञवालीले समेत सुल्झाउन सकेनन् ।

त्यसपछि आईजीपी बनेका शैलेश थापा क्षेत्रीले पनि हत्यारा पत्ता लगाउन सकेनन् । अहिले धीरजप्रताप सिंह आईजीपी छन् ।  तर, पन्तका हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...