back

संखुवासभा जिल्ला अस्पतालले गरे दाताहरुलाई स्वागत तथा सम्मान

3.35K
shares
sivam siment- long add

संखुवासभा । संखुवासभा जिल्ला अस्पतालले अमेरिकाबाट नेपाल भ्रमणमा रहनु भएका संखुवासभा कम्युनिटी अफ यु‍.एस‍.ए.का अध्यक्ष शान्ति श्रेष्ठलाई स्वागत तथा सम्मान गरेका छन् । संखुवासभा जिल्ला अस्पतालले दाता तथा अन्य सहयोगीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

उक्त सम्मान कार्यक्रममा सल्लाहकार द्वय धर्मराज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, संस्थापक आजीवन सदस्यहरु लिलाकुमारी श्रेष्ठ, रुबी श्रेष्ठ, दिनेशकुमार श्रेष्ठ, चुनु श्रेष्ठ संस्थाका जिल्ला कोडिनेटर किरणकुमार शाक्य र नेवाः देय् दवू संखुवासभा जिल्ला अध्यक्ष सीता शाक्य समेतलाई सम्मान गरेको थियो । संस्थाको सहयोग गर्ने दाताहरुलाई हौसला, गरिमा बढाइ दिने कार्यले आउँदो दिनहरुमा संखुवासभा जिल्ला अस्पताल र संस्था बीच आपत बिपतमा सहयोग गर्ने गराउने बातावरण मिलेको छ ।

२०७८ कोभिड महामारीमा संखुवासभा जिल्लामा बिमारीहरुको चाप बढी रहँदा बिमारीहरुको उपचारमा सुबिधा सम्पन्न आइसुलेसन अस्पताल बनाउन सक्रिय रहनुभएका संखुवासभा जिल्ला समन्वय समितिका प्रमुख तथा संखुवासभा जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष सुमन शाक्यको पहलमा संखुवासभा जिल्ला अस्पताल अन्तर्गत आइसोलेसन अस्पतालको लागि आवश्यक बिमारी बेड ५० सहयोग गरिदिन संखुवासभा कम्युनिटी अफ यु एस ए लाई अनुरोध गरिएको थियो ।

सस्थाको तर्फबाट तत्काल राहत सहयोग गर्न बिमारी बेड ५० खरिद गर्न संखुवासभा कम्युनिटी अफ यु एस ए ले रु. १२ लाख ५० हजार सहयोग गरि बिमारी बेड ५० संखुवासभा जिल्ला अस्पताललाई संस्थाको जिल्ला कोडिनेटर किरणकुमार शाक्यले हस्तातरण गर्नु भएको छ ।

संस्थाको सहयोगी दाताहरुलाई संखुवासभा जिल्ला अस्पतालले स्वागत गरिएकोमा सस्थाको तर्फबाट महासचिब हरिकुमार श्रेष्ठले संखुवासभा जिल्ला अस्पताललाई हार्दिक धन्यबाद दिनु भएको छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...