back

सिड्नी, न्यूजिल्याण्डबाट नेपाली घर फर्कदै

1.15K
shares
sivam siment- long add

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीहरु आगमन भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९ नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्सले उद्धार गरेका छन् । जजीरा, कतार, कोरियन लगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन ।
आजमात्रै अन्तर्राष्ट्रिय ९ र आन्तरिकतर्फ ८ उडान हुने विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीबाट २५९ नेपाली काठमाडौँ ल्याउँदैछ । गएराति सिड्नी उडेको नेपाल एयरलाइन्सको वाइड बडी जहाज उताबाट यात्रु भरेर काठमाडौँका लागि उडिसकेको बताइएको छ । एयरलाइन्सको अन्य मुलुकबाट पनि उडान गर्ने तालिका छ ।
आज हिमालय एयरलाइन्सले दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट १४५ नेपाली स्वदेश फर्केको कतारस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड– १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली भएको दूतावासले उल्लेख गरेको छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरण अन्तर्गत दोस्रो उडानमार्फत दोहाबाट काठमाडौँका लागि हिमालय एयरलाइन्सको उडानबाट १४५ नेपाली फर्किएको जनाएको छ । यी उडानमा एक गर्भवतीसहित ६१ महिला र ८४ पुरुष रहेको दूतावासले जनाएको छ ।

सोही एयरलाइन्सले आज कुवेतबाट नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याउने कार्यतालिका छ । चार दिनयता दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सोमबार अन्तर्राष्ट्रियमा १० र आन्तरिकमा सात उडान भएका थिए । आइतबार दुबैगरी १६ र शनिबार १५ उडान भएको विमानस्थलले जनाएको छ । विदेशबाट नेपाली उद्धारका लागि बाक्लो सङ्ख्यामा चार्टर्ड उडान भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । यो प्रक्रिया जुन महिनाभर चल्नेछ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले जुन महिनाभरका लागि उडान तालिका सार्वजनिक गरिसकेका छन । भने विभिन्न मुलुकबाट हुने उद्धार उडानको पनि तालिका बनेको छ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज प्रयोग भएका छन । सरकारले विभिन्न मुलुकमा अलपत्र करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...