भीमेश्वरको नगरपालिकाको मेयरमा ८ जनाको आकाङ्क्षा
shares

महेद्र श्रेष्ठ, दोलखा । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा भीमेश्वर नगरपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट ८ जनाले आकाङ्क्षा देखाएका छन् । नेकपा एमाले भीमेश्वर नगर कमिटी बैठकमा भीमेश्वर नगरपालिकाका वर्तमान मेयर भरत केसीदेखि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धर समेतले मेयरमा दाबी गर्नुभएको हो ।
वर्तमान मेयर केसी र जिल्ला कमिटि उपाध्यक्ष मानन्धरसंगै नेकपा एमाले प्रदेश कमिटी सदस्य टेक घतानी, नेकपा एमाले जिल्ला कमिटी सदस्य मुरारीराज शिवाकोटी, मदन भण्डारी फाउण्डेस जिल्ला अध्यक्ष हरिवंश चौलागाँई, मदन भण्डारी फाउण्डेस जिल्ला सचिव कृष्ण बस्नेत, जिल्ला कमिटी सल्लाहकार शंकरलाल श्रेष्ठ, अखिल नेपाल कानुन व्यवसायी संगठन, केन्द्रिय सदस्य प्रविण प्रधान समेतले मेयरमा दाबी गरेका छन्।
त्यसैगरी उपमेयरमा वर्तमान उपमेयर कमला बस्नेत सहित नेकपा एमाले जिल्ला कमिटी सदस्य रामचन्द्र बस्नेतसंगै अखिल नेपाल महिला संघ, केन्द्रिय सदस्य डा.जानुका न्यौपाने, नेकपा एमाले जिल्ला कमिटी सदस्य किरण ओली, नेकपा एमाले जिल्ला कमिटी सदस्य सीता केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य पूर्णिमा खरेल थापा, नेकपा एमाले नगर कमिटी उपसचिव मेनुका सुवेदी, नेकपा एमाले नगर कमिटी उपसचिव रुपा शाही, मजदुर नेतृ विष्णू सापकोटा सहित नौ जनाले आकाङ्क्षा देखाएका छन् ।
मेयर र उपमेयरका आकाङ्क्षी धेरै देखिएपछि सर्वसम्मत उम्मेद्वारका लागि विभिन्न चरणमा आकाङ्क्षीहरुबिच छलफल भईरहेको नेकपा एमाले भीमेश्वर नगर कमिटीले जानकारी दिएको छ ।
वि.सं.२०७८ चैत २८ सोमवार ०८:३५