back

तेस्रो कार्यकालका लागि शपथग्रहणपछि प्रधानमन्त्रीले भने : कुनै पनि नाममा हुने भ्रष्टाचार सह्य छैन

648
shares
sivam siment- long add

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको छ ।

तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उहाँले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गर्नुभयो । महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उहाँले सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन । कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन । सरकारले कडाइका साथ कारवाही गर्नेछ ।’’ प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवनियुक्त मन्त्रिगण र सरकारका उच्च कर्मचारीको सहभागिता थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उहाँ प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको हो ।

ime pay- long

ime pay- long
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

वि.सं.२०७९ चैत १० शुक्रवार २२:२१

काठमाडौँ । नेपाल सरकारको प्रहरी महानिरीक्षक आइजीमा वसन्तबहादुर कुँबर ...

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

वि.सं.२०७९ चैत २ बिहीवार २२:५१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

वि.सं.२०७९ पुस २८ बिहीवार २२:४९

दोलखा सम्वाददाता । दोलखामा आगामी फागुन २१ गतेबाट ७...

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

वि.सं.२०७९ पुस १९ मंगलवार २३:१५

काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी...