back

बारी बाँझाे हुँदा आयातित वस्तु खाइरहेका छाैँ : अर्थमन्त्री शर्मा

774
shares
sivam siment- long add

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । 

आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको १४ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले कृषि क्षेत्रलाई व्यवस्थित, सङ्गठित र परिचालित गरेर देशको अर्थतन्त्र निर्माणका लागि सरकारले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयाे । 

अर्थमन्त्री शर्माले किसानहरूलाई सङ्गठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरूलाई सचेत गराउनुभयो । उहाँले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिनुभयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले देश निर्माणमा किसानहरूको महत्त्वपूर्ण भूमिका छ । यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यक्ता छ । हाम्रो बारीहरू बाँझो हुँदा हामी आयातित वस्तुहरू खाइरहेका छौँ । उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्यम भनेको कृषि नै हो । सहकारीहरूले सङ्गठित रूपमा किसानहरूलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनि बनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्त्वपूर्ण योगदान गर्न सक्छन् । ’

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरू सरकारबाटै उपेक्षित भएको स्वीकार गर्दै अब उनीहरूलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरू स्थापना गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पुँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरूकाे भूमिका महत्त्वपूर्ण हुने विश्वास जनाउनुभयाे ।

ime pay- long

ime pay- long
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

वि.सं.२०७९ चैत १० शुक्रवार २२:२१

काठमाडौँ । नेपाल सरकारको प्रहरी महानिरीक्षक आइजीमा वसन्तबहादुर कुँबर ...

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

वि.सं.२०७९ चैत २ बिहीवार २२:५१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

वि.सं.२०७९ पुस २८ बिहीवार २२:४९

दोलखा सम्वाददाता । दोलखामा आगामी फागुन २१ गतेबाट ७...

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

वि.सं.२०७९ पुस १९ मंगलवार २३:१५

काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी...