संगीतकार सुरेशचन्द्र प्रधानलाई लाईफ टाइम एचिभमेन्ट अवार्ड
shares
काठमाडौँ । बरिष्ठ मुचुङ्गा तथा बिनायो बादक सुरेशचन्द्र प्रधान लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने भएको छ । संगीतकार प्रधानलाई लोकबाजा संग्राहलयले उक्त सम्मान गर्न लागेको हो । सम्मान कार्यक्रम भोली आईतवार दिनको ३ बजे लोकबाजा संग्राहलय, त्रिपुरेश्वरमा हुने आयोजक संस्थाले जानकारी गराएको छ ।
दोलखा जिल्ला, भीमेश्वर नगरपालिका दोलखाका बरिष्ठ मुचुङ्गा तथा बिनायो बादक सुरेशचन्द्र प्रधानलाई लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्न लागेको लोकबाजा संग्राहलयले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
कुशल गायक तथा संगीतकार प्रधानले नारायण गोपालका गीतहरुमा मुचुङ्गा तथा बिनायो बजाउनुका साथै दोलखा भाषाको लोकप्रिय गीत कालिन्चोकय चिमाल सोन आफनै स्वर संगीतमा चर्चित गायिका नलिना चित्रकारसँग गाउनु भएको छ । त्यसै गरि अन्य धेरै गीत तथा कार्यक्रमहरुमा सहभागिता जनाउँदै आउनु भएको छ ।
हाल उहाँ काम बिशेषले अमेरिकाको कोलोराडो राज्यमा बस्दै आउनु भएको छ ।
कार्यक्रममा १९ देशका २५ लोक चलचित्र समेत प्रर्दशन गरिनेछ ।
वि.सं.२०७८ मंसिर १८ शनिवार २०:४३