back

फर्पिङ्गमा बिद्यालय पोशाक तथा शैक्षिक सामाग्री बितरण

1.76K
shares
sivam siment- long add


काठमाडौँ । आज मंगलवार एक कार्यक्रमको आयोजना गरि दक्षिणकाली नगरपालिका स्थित फर्पिङ्गमा रहेको श्री सेतीदेवी माध्यमिक बिद्यालयका साना बिद्यार्थी भाईबहिनीहरुलाई बिद्यालय पोशाक तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । उक्त कार्यक्रम नेप्लिज फेशन होम्, वल्ड क्योकुशिन कराँते र लाईन्स क्लव अफ काठमाडौँ टेम्पल भ्यालीको संयुक्त सहकार्यमा बितरण गरिएको हो ।


उक्त कार्यक्रममा ६० जना विद्यार्थीहरुलाई बिद्यालय पोशाक तथा शैक्षिक सामाग्री बितरण गरिएको थियो । कार्यक्रममा शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक पाएपछि साना नानीहरु रमाएका थिए । साथै शिक्षक तथा अभिभावकहरुले पनि खुशी ब्यक्त गरेका छन् ।


कार्यक्रम दक्षिणकाली नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अम्बिका बलामीको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष बलामीले आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले साना नानी बाबूहरुलाई अनिवार्य स्कूल पठाउन आग्रह गरिन् । छोरासँग सँगै छोरीलाई पनि बिशेष प्राथमिता दिई स्कूल पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।


उक्त कार्यक्रममा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर, क्योकुशिन कराँते संघ तथा लाईन्स क्लव अफ काठमाडौँ टेम्पल भ्यालीका अध्यक्ष अशोक कुमार श्रेष्ठ, लायन्स मणि श्री रत्न बज्राचार्य, मिस नेवाः नितु डंगोल, प्रशिक्षक हर्क बहादुर तामाङ्ग, सुरेन्द्र लामा , श्याम बहादुर तामाङ्ग र समय सान्दर्भिक पत्रिकाका प्रतिनिधि तथा स्कुल परिवार, शिक्षक, बिद्यार्थी र स्थानीय समेत सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको संयोजक प्रशिक्षक बुद्ध तामाङ्गले हरेका हुन् ।

ime pay- long

ime pay- long
द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

वि.सं.२०८० असार १९ मंगलवार २२:१८

बिके पासा ,काठमाडौँ । गुरु पुर्णिमाको सुअवसर पारेर भीम...

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

वि.सं.२०८० असार १३ बुधवार २२:५९

बिके पासा । काठमाडौं महानगरपालिका भित्रका नीजि तथा सरकारी...

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

वि.सं.२०८० जेठ २६ शुक्रवार २१:५९

बालकृष्ण श्रेष्ठ, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...