back

त्रिविले आजदेखि भौतिक रुपमा शुरु गर्यो परीक्षा

936
shares
sivam siment- long add

काठमाडौं । झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट कोरोना महामारीका कारण रोकिएको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु भएको हो । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुँदैछन् ।

नियमित र आंशिक सबै परीक्षा सुरु भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् ।

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

केही प्राविधिक समस्या आएको स्वीकार्दै परीक्षा नियन्त्रक जोशीले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने उल्लेख गर्नुभयो ।

उहाँले परीक्षा दिन आएकालाई परीक्षामा बसाउन भन्दै बाँकी कुरा पछि सच्याउँने बताउनुभयो । बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको जानकारी दिनुभयो ।

ime pay- long

ime pay- long
भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

वि.सं.२०८० असार १९ मंगलवार २२:१८

बिके पासा ,काठमाडौँ । गुरु पुर्णिमाको सुअवसर पारेर भीम...

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

वि.सं.२०८० असार १३ बुधवार २२:५९

बिके पासा । काठमाडौं महानगरपालिका भित्रका नीजि तथा सरकारी...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

वि.सं.२०७९ पुस ६ बुधवार १९:२१

काठमाडौँ । कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना...

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

वि.सं.२०७९ असोज २ आइतवार २०:२६

दोलखा संवाददाता । राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय...

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल  बिद्यार्थी संघ

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल बिद्यार्थी संघ

वि.सं.२०७९ भदौ २१ मंगलवार १५:३८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म समयमै हुनु पर्ने नतिजा...