back

नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको अधिवेशन सम्पन्न

3.8K
shares
sivam siment- long add

काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशन भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ । पहिलो पटक प्रदेश स्तरीय नेपाल औषधि व्यवसायी संघको गठन भएको हो ।

प्रमुख अतिथी औषधि व्यवस्था विभागका महानिर्देशक श्री भरत भट्टराईज्युले उद्घाटन गर्नु भएको समारोहका विशिष्ट अतिथी भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद भट्टराईज्युको उपस्थीती रहेको थियो । उपस्थीत महानुभावहरुलाई नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चल शाखाका कार्यसमिती सदस्य राजेश भक्त श्रेष्ठज्युले स्वागत मन्तव्य दिई स्वागत गर्नु भएको थियो ।

उद्घाटन समारोहमा नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार खण्डेवाल, उपाध्यक्ष(आयात) तथा बागमती अधिवेशन संयोजक निरन्जन प्रसाद रिसाल, महासचिव तथा बागमती अधिवेशन संयोजक राम चन्द्र शर्मा र भक्तपुर जिल्ला शाखा अध्यक्ष नारायण प्रसाद भुषालले शुभकामना मन्तव्य दिनु भएको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि एवं औषधि व्यवस्था विभागका महानिर्देशक श्री भरत भट्टराईज्यु र विशिष्ट अतिथी एवं भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद भट्टराईज्युले विभिन्न जिल्लाबाट उपस्थीत औषधि व्यवसायीहरुलाई सम्बोधन गर्दै औषधि व्यवसायीहरुले व्यवसायीक निति नियम भित्र रहेर काम गर्नु औषधि व्यवस्था विभाग लगाएत नियमननिकाय सरकारी सस्थाहरु सदा साथमा रहेको बताउनु भयो ।

उद्घाटन समारोहमा बागमती अञ्चल शाखाका निवर्तमान अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष (आयात) निरन्जन प्रसाद रिसालज्युले आफ्नो नेतृत्व सफल बनाउन वि.सं २०७२ देखि २०७५सम्म पदमा रही शाखाको विभिन्न कार्यक्रमहरुमा सक्रिय सहयोग गरी योगदानको उच्च सम्मान गर्दै सल्लाहकार, पदाधिकारी र कार्यसमिती सदस्यहरुलाई कदरपत्र प्रदान गरिएको थियो र उहाकै कार्यकालमा हरेक वर्ष असार १० गते पर्ने एनसीडी डे को अवसरमा खोकना स्थीत आरोग्य आश्रममा रहेका कुष्ठ रोगका विरामीहरुलाई नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चल शाखा र कुमकुम व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर कमलविनायक भक्तपुरको साझेदारिमा विरामीहरुको व्यक्तिगत सरसफाई तथा औषधिहरु वितरण गर्दै आएका थिए ।

यहि अतुलनिय योगदानको उच्च सम्मान गर्दै कुमकुम व्युटिपार्लरका प्रोपाईटर श्रीमती करुणा सुवालज्युलाई सम्मान गरिएको थियो ।

ime pay- long

ime pay- long
द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

वि.सं.२०८० जेठ २६ शुक्रवार २१:५९

बालकृष्ण श्रेष्ठ, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २...

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...