सुमन शाक्यको स्वरमा रहेको मुसुमुसु हासेर बोलको गीत सार्वजनिक
shares

काठमाडौं । गायक सुमन शाक्यको स्वरमा रहेको ‘मुसुमुसु हासेर’ गीत सार्वजनिक भएको छ । गीतमा त्रिलोचन प्रधान समस्तको शब्द, प्रबेशमान शाक्यको संगीत र यच्चु शाक्यको एरेन्ज रहेको छ ।
रोमान्टिक शैलीको गीतको भिडियोलाई शुभाष प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु अनिता गिरी र राजन अधिकारीले अभिनय गरेका छन् ।
मुसुमुसु हासेर गीत गायक शाक्यको नेपालीमा पहिलो गीत हो । उक्त गीत २०२३ जुन २९ मा ओएसआर डिजिटलबाट यूटुवमा सार्वजनिक भएको थियो ।
उक्त गीत मेलोडि टाइम्स स्टुडियोमा रेकर्ड गरिएको थियो भने उक्त म्यूजिक भिडियोको निर्माण लाइफ ओके टिभिले गरेका हुन् ।
धेरै भन्दा धेरै गीत हेरेर, शेयर गरेर, लाइक गरेर नवप्रतिभा गायक शाक्यलाई प्रोसाहन स्वरुप सहयोग गरि नेपाली गीत संगीतलाई माया गरौँ ।
वि.सं.२०८० असार १५ शुक्रवार १०:४९